सल्यान १२, फागुन ।
सरकारले निर्वाचनलाई लक्षित गर्दै तीन दिन सार्वजनिक बिदा दिएको छ ।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले फागुन २०, २१ र २२ गतेलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
केहीदिन अगाडि निर्वाचन आयोगले पनि प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको थियो ।
प्रकाशित मिति: १२ फाल्गुन २०८२, मंगलवार १६:४२



















