काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन साहले आफ्नो चुनावी खर्च विवरण निर्वाचन आयोगमा बुझाउनु भएकाे छ । झापा ५ बाट निर्वाचित शाहले आज आफ्नो चुनावी खर्च बुझाउनु भएकाे हाे ।
बालेनले आफ्नो चुनावी खर्च १४ लाख १७ हजार २८९ रुपैयाँ भएको उल्लेख गर्नुभएकाे छ।
सवारी साधन भाडा २ लाख ९३ हजार ५००, हवाइ भाडा ३५ हजार, मतदाता प्रशिक्षण कार्यक्रम खाना खर्च २९ हजार ३९०, वडा स्तरीय प्रचार कार्यक्रमका लागि खाजा खर्च २८ हजार ९७०, प्रचार कार्यक्रमका लागि ५ लाख ८० हजार खर्च भएको उल्लेख छ।
यसैगरी झण्डा र ब्याचसहितको प्रचार प्रसार सामग्री छपाइमा १ लाख ५७ हजार ४१ रुपैयाँ, ब्यानर तथा स्टिकरमा १ लाख १९ हजार ८०८ रुपैयाँ खर्च भएको उल्लेख छ। सबैभन्दा कम मनोनयनका लागि १० हजार खर्चको हिसाब छ ।
बालेनको निर्वाचन प्रतिनिधि नविन भण्डारीको हस्ताक्षरमा बुझाइएको विवरणमा समग्रमा १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको उल्लेख छ ।

प्रकाशित मिति: २५ फाल्गुन २०८२, सोमबार १४:५७



















