Logo

२५ बैशाख २०८१, मंगलवार

जलवायु परिवर्तन, लैंङ्गिकता, यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सम्बन्धि ३ दिने तालिम बागचाैरमा सुरु


खबर ग्यालरी


माघ १३, सल्यान ।
आईपास नेपाल र पास–नेपाल सल्यानको साझेदारिमा संचालित नेपालमा दिगो यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सवलीकरण तथा उत्थानशील स्वास्थ्य सेवा प्रणाली परियोजना अन्तर्गत जलवायु परिवर्तन, लैंङ्गिकता र यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सम्बन्धि ३ दिने तालिम सल्यानको बागचौंरमा सुरु भएको छ ।

हिजो शुक्रबार माघ १२ गते देखि सुरु भएको तालिम माघ १४ सम्म संचालन हुनेछ ।  तालिममा बागचाैर नगरपालिका अन्तर्गत जनकल्याण नमुना मावि थारमारे, कालिका मावि कोटमाैला र बन्याचाैर मावि लस्तमका १८ जना बिद्यार्थीहरु तथा किशोरकिशोरीको सहभागिता रहेको छ । ३ दिने तालिममा जलवायु परिवर्तन र यौन तथा प्रजनन् स्वास्थ्य र लैंङ्गिकताको साथै यसको असरहरुको बिषयमा क्षमता अभिबृद्धि गर्ने मुख्य उद्देश्य रहेको पास नेपाल सल्यानका अध्यक्ष ज्ञानेश्वर केसीले जानकारी दिनुभयो ।

उक्त तालिममा बागचाैर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष दिपेस डिसी, निमित्त प्रमुख प्रसाशकीय अधिकृत हरि बहादुर कठायत, पास नेपाल सल्यानका अध्यक्ष ज्ञानेश्वर केसी, बागचाैर नगरपालिका क्षिक्षा शाखामा कार्यरत लक्ष्मी नारायण केसी लगायतको सहभागीता रहेको थियो ।

३ दिने तालिमको सहजिकरण आईपास नेपालका युवा तथा नागरिक समाज संयोजक जीवन देवकोटा, जलवायु परिर्वतन संयोजक खुष्बु पाैडेल, लुम्बिनी प्रदेश संयोजक विष्णु देवकोटा, कर्णली प्रदेश संयोजक निर्माला भण्डारी र पास–नेपाल सल्यानका कार्यकारी निर्देशक तथा कार्यक्रम संयोजक गंगाराम बुढाथोकीले गर्नुभएको थियो ।



प्रकाशित मिति: १३ माघ २०८०, शनिबार ०७:५७

प्रतिक्रिया दिनुहोस्