Logo

२४ बैशाख २०८१, सोमबार

धार्मिक आस्थाको धरोहर सल्यानको छत्रेश्वरी शक्तिपिठ


बामदेव के‍‌‍‍‍‍‍‌‌‌‌.सी.


फागुन २५, सल्यान ।
धार्मिक आस्थाको धरोहर सल्यानको छत्रेश्वरी शक्तिपिठ छायाक्षेत्र परिसरमा महाशिबरात्रीको अवसरमा भक्तजनहरुको विहानैदेखि भिड लागेको छ ।

जिल्लाको छत्रेश्वरी गाउपालिका वडा नम्बर ६ मा अबस्थित छत्रेश्वरी शक्तिपिठ र शंखमुलमा दर्शन गर्ने जिल्लाका विभिन्न ठाउँबाट भक्तजनहरुको बिहानैदेखि भिड लागेको हो ।

धार्मिक पर्यटनका लागि एक सुन्दर गन्तव्य स्थल बनेको छत्रेश्वरी मन्दिर सदरमुकाम सल्यान खलंगा देखि पुर्ब तिर २३ किलोमिटर र राप्ती राजमार्गको नजिकै शंखमुलबाट ४ किलोमिटरको दुरीमा माथि थुम्कोमा अबस्थित छ ।

फाइल तस्बिर

यस्तो छ छत्रेश्वरी शक्तिपिठको विभिन्न किवदंन्तीहरु तथा धार्मिक इतिहास :

नेपालको सबै शक्तिपिठहरु मध्य बलि नचढाइने एकमात्र शक्तिपिठ मानिने छत्रेश्वरीमा श्री स्वस्थानी व्रतकथामा उल्लेख भए अनुसार सत्य युगमा माहादेवले सतीदेवीको मृत शरीर बोकेर विश्व भ्रमण गर्दा अन्तिम अङ्ग पतन यहीँ छाँयाक्षेत्रमा भएर छत्रेश्वरी देवि सुकमोला योगिनी, पिशाचेश्वर माहादेव प्रकट भएको कथा पाइन्छ ।

छत्रेश्वरी मन्दिर वि.स. १९९० को दसकमा शिव पार्वतीको मन्दिरको रुपमा स्थापित एवम्  वि.स. २०३७ सालमा नाग बाबा द्वारा जीर्नद्वार गरिएको थियो । परापुर्वकालमा सत्यदेवीले भारतको उज्वाइन भन्ने ठाउँको अग्नी कुण्डमा हाम फाल्नुभयो । अग्नी कुण्डमा हाम फालेपछि सत्यदेवीको शरीर त्यहाँ कत्तिपनि गलेन । सत्यदेवीको मृत शरीरलाई महादेवले बोकेर हिड्नुभयो ।

फाइल तस्बिर

महादेव हिडँदै हिडँदै नेपालका विभिन्न ठाउँ हुदै सल्यानको छत्रेश्वरीमा आइपुग्नुभयो । मृत शरीरलाई महादेवले बोकेर हिड्दै छत्रेश्वरीमा आईपुग्दा मृत शरीरका सबै सेष अङ्गहरु यहाँ खसे र पतन भए । महादेवले दाइने दिशाबाट परिक्रम गर्दै गर्दा छायाँ ढुङ्गा सम्म पुगेँपछि त्यहाँ गोलो आकारको सुन्दर र आकर्षक ढुङ्गा देख्नुभयो । त्यसलाई लिन भगवान महादेवले टाउको उठाएर राख्न खोज्दा उक्त ढुङ्गा अकस्मात् सिसामा परिणत हुन पुग्यो । उक्त सिसा मार्फत् सबै मुहार देखियो तर आफनो मात्र मुहार देखे पनि सत्य देवीलाई भने देख्नुभएन । त्यस दृश्य देखे पश्चात महादेव बेहोस् हुनुभयो ।

महादेवले शंकमुलमा स्नान गरेपछि के भन्नुभयो ?
विष्णु, महेश्वर, काली सबै देवी देउताहरु महादेव बेहोस् भएपछि सृष्टिमा केही पनि नरहने भन्दै महादेवलाई ब्युझ्याँइयो । उक्त स्थानबाट दायाँ परिक्रममा गराएपछि महादेवलाई पवित्र जल चाहिएकाले शंकमुल कुण्डधाम लगेपछि महादेवका लागि त्यहाँ शंक मारेर जल निकालियो । महादेवले त्यहाँ स्नान गरेँ प्रस्चात कैलाश तर्फ हिड्नु भन्दा पहिले,  हे सत्यदेवी तिम्रा सबै सेष अंग यही रह्यो, यहाँ आउने भक्तजनहरुलाई आर्शीवाद दिनु, तिर्थयात्रीहरूलाई वरदान दिनु, दुखि नबनाउनु, यहाँ सबैले तिम्रो भक्ति गर्ने छन् भनेको विभिन्न किवदंन्तीहरुमा उल्लेख छन् । त्यसपश्चात् मात्र छत्रेश्वरीमा पुजा–पाठ सुरु भएको विस्वास गरिन्छ ।


प्रकाशित मिति: २५ फाल्गुन २०८०, शुक्रबार ०७:४९

प्रतिक्रिया दिनुहोस्