Logo

२० आश्विन २०८२, सोमबार

सरस्वती माध्यमिक विद्यालयको भवन उद्घाटन तथा सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक


बामदेव के‍‌‍‍‍‍‍‌‌‌‌.सी.


असोज ६, सल्यान ।
सल्यानको बागचाैर नगरपालिका वडा नम्बर ४ शिवरथको सरस्वती माध्यमिक विद्यालयको २ कोठे पक्की भवन उद्घाटन तथा सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक गरिएको छ।

सरस्वती माध्यमिक विद्यालयको आयोजनामा हिजो आइतबार २ कोठे पक्की भवनको उद्घाटन तथा आर्थिक वर्ष २०८१/०८२ को सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक र दशै तिहार शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेश सरकारका पूर्व कृषि मन्त्री तथा प्रदेश सांसद भिमप्रकाश शर्माले विद्यालयको विकासका लागि आफ्नो तर्फबाट सहयोग गर्दै आइरहेको र यस विद्यालयलाई नमूना विद्यालय तथा आवासीय भवनको लागि पहल गर्ने बताउनुभयो।

कार्यक्रममा बोल्ने बक्ताहरुले शिक्षा नै समग्र विकासको आधार भएकोले शिक्षण संस्थाको भलाइको लागि भेदभाव रहित वातावरण निर्माण गरी सबैले हातेमालो गर्नुपर्ने जोड दिनुभयो । तीनै तहका सरकारहरुको प्रयासबाट मात्र विद्यालयको समग्र प्रगति हुने भएकोले सबैले हातेमालो गर्दै अगाडि बढ्नुपर्ने बक्ताहरुले जोड दिनुभयो।

कर्णाली प्रदेश सरकारका पूर्व कृषि मन्त्री तथा प्रदेश सांसद भिमप्रकाश शर्माको प्रमुख आतिथ्यता, बागचाैर नगरपालिकाका नगर उपप्रमुख सुम्निमा डिसी वलीको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बागचाैर नगरपालिकाका शिक्षा अधिकृत नरेन्द्र प्रसाद भट्ट, वडा नम्बर ४ का वडा अध्यक्ष कृष्णबहादुर बस्नेत,पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्षहरु,वडा सदस्यहरु,कार्यपालिका सदस्यहरु, विभिन्न विद्यालयका प्रधानाध्यापकहरुको आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा ४ नम्बर वडा र ५ नम्बर वडाका विभिन्न आमा समूहहरुको समेत उपस्थिति रहेको थियो।

कार्यक्रममा गत भदौ १ गते सम्पन्न आर्थिक वर्ष २०८१/०८२ को सामाजिक लेखा परिक्षणको प्रतिवेदन र विद्यालयका भावी योजना र रणनीति सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक नरेश कुमार के.सी. ले प्रस्तुत गर्नुभएको थियो।

सरस्वती माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामप्रसाद पुनको अध्यक्षतामा भएको उक्त कार्यक्रममा  सहायक प्रधानाध्यापक रविकिरण ओलीले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो।


प्रकाशित मिति: ६ आश्विन २०८२, सोमबार ०६:१८

प्रतिक्रिया दिनुहोस्