Logo

२० आश्विन २०८२, सोमबार

सल्यानमा गाडी दुर्घटना : ३ जनाको मृत्यु (विवरण सहित)


खबर ग्यालरी


सल्यान, असोज १२ ।
सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोलामा गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

गाडी दुर्घटनामा परि मृत्यु हुनेमा रुकुम पश्चिम बाफीकोट गाउँपालिका ५ बस्ने अन्दाजी २५ वर्षका प्रकाश के.सी., ६७ वर्षीय पबि के.सी., ३० वर्षीय शसिधर के.सी. रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार रुकुम पश्चिमबाट घोराही तर्फ जाँदै गरेको लु २ ख ६५०२ नम्बरको फोर्स गाडी आइतबार बिहान करिब ४ बजे दुर्घटना भएको थियो ।

घाइतेहरूको टाउको र शरीरका विभिन्न भागमा चोट लागेका कारण अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

गाडीमा ३ पुरुष र २ महिला सवार रहेका थिए । प्रहरीका अनुसार रातको समयमा भएको दुर्घटनामा जिप सडकबाट करिब ४०० मिटर तल खसेको हो ।

घटनास्थलमा प्रहरी टोली खटिएको र उद्धार कार्य सम्पन्न गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।


प्रकाशित मिति: १२ आश्विन २०८२, आईतवार ०८:३८

प्रतिक्रिया दिनुहोस्