असार ३२, सल्यान ।
सल्यानको बागचाैर नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट पारित गरेको छ ।
बुधबार १४औं नगर सभा अधिवेशनको दोस्रो बैठक मार्फत बागचौरमा आर्थिक वर्ष २०८२/०८३ का लागि बागचाैर नगरपालिकाले कुल बजेट रु ७१ करोड ६८ लाख ७३ हजार ७ सय ३५ रुपैयाको बजेट विनियोजन गरेको हो ।
आगामी आ.व. २०८२/०८३ मा चालू खर्च तर्फ रु ५१ करोड ७१ लाख २८ हजार तथा पुजिगत खर्च तर्फ रु १९ करोड ९७ लाख ४५ हजार ७ सय ३५ रुपैयाको बजेट विनियोजन गरिएको हो ।
बजेटमा शिक्षा, स्वास्थ्य, पूर्वाधार, रोजगारी र सुशासनलाई प्राथमिकता दिइएको छ ।

१४औं नगर सभा अधिवेशनको दोस्रो बैठकमा बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतमले आर्थिक विधेयक र विनियोजन विधेयक प्रस्तुत गर्नुभएको थियो भने बजेट वक्तव्य उपप्रमुख सुम्निमा डि.सी. वलीले प्रस्तुत गर्नुभएको थियो ।
यस्तै नगर सभामा स्वागत मन्तव्य बागचौर नगरपालिकाका नगर प्रवत्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष दिपेश डि.सी. ले राख्नुभएको थियो ।
प्रकाशित मिति: १ श्रावण २०८२, बुधबार १८:१९

