Logo

७ श्रावण २०८३, बिहीबार

वडा कार्यालय परिसर थारमारेमा सरसफाइ कार्यक्रम सम्पन्न


शिवराज के.सी.


असार १८, सल्यान

सल्यानको बागचाैर नगरपालिका वडा नं. २ थारमारेमा रहेको वडा कार्यालय परिसर र दुर्गा भगवती मन्दिर क्षेत्रमा सरसफाइ गरिएको छ ।

सामुदायक प्रहरी साझेदारी समितिको आयोजना, थारमारे बजार व्यवस्थापन समिति लगायत स्थानीय बासिहरुको सहभागितामा दुर्गा भगवती मन्दिर क्षेत्र र वडा कार्यालय परिसरमा सरसफाइ गरिएको हो ।

सरसफाइ कार्यक्रममा बोल्दै बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतमले वडा कार्यालय क्षेत्रमा फोहोर हुदा सेवाग्राहीहरुलाई निकै समस्या भएको बताउनुभएको छ । बागचाैर नगरपालिकामा सरसफाइ र ढल निकासको सन्दर्भमा सधैं हामी साझेदार भएर काम गर्नेछौं उहाँले भन्नुभयो ।

यस्तै सरसफाइ कार्यक्रममा बोल्दै बागचाैर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष दिपेस डि.सी. ले अहिले वडा परिसर र दुर्गा भगवती मन्दिर क्षेत्रमा मात्र फोहोर ब्यवस्थापन र सरसफाइ गरिएको बताउनुभएको छ । हाम्रो पहिलो प्राथमिकता भनेको वडा भित्रका विभिन्न ठाउँहरुलाई सफा बनाउने हो । त्यसपछि विस्तारै नगर पनि सफा हुन्छ उहाँले भन्नुभयो । सरसफाइमा सबैको साथ सहयोग हुन आवश्यक रहेको उहाँको भनाइ छ ।

सरसफाइ कार्यक्रममा बागचाैर नगरपालिकाका नगरप्रमुख जनकराज गौतम, ईप्रका थारमारेका प्रमुख प्रहरी निरीक्षक कनक शाही, वडा नं. २ का वडा अध्यक्ष दिपेश डि.सि. लगायत स्थानीय बासिहरुको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: १८ असार २०७९, शनिबार १०:५४

प्रतिक्रिया दिनुहोस्