Logo

७ श्रावण २०८३, बिहीबार

बागचौर-पातिहाल्न सडक खण्डमा बन्यो अस्थायी पुल


प्रकाश भण्डारी


असार २३, सल्यान ।

सल्यानकाे बागचाैर-काेटमाैला-पातिहाल्न-राेल्पा सडक खण्डकाे शारदा खोला जङ्गघारमा अस्थायी पुल निर्माण भएको छ ।

बागचौर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतमको निर्देशनमा, वडा नं.८ को पहलमा र बागचाैर नगरपालिकाको आर्थिक सहयोगमा अस्थायी पुल निर्माण गरिएको बागचौर नगरपालिका वडा नं.८ का वडा अध्यक्ष सुशील जङ चन्दले बताउनुभयो । अब देखि बागचौर पातिहाल्न सडक खण्डमा चल्ने कुनैपनी यातायातका साधनलाई बर्षाको समयमा सजिलै संग ओहोरदोहोर गर्ने सकिने हामीले बनाएका छाैं उहाँले भन्नुभयो ।

बिगत लामो समय देखि उक्त खोलामा बर्षायामको समयमा यातायातका साधनलाई ओहोरदोहोर गर्न निकै समस्या हुदै आएको थियो । अहिले खोलामा हम्पाईप र जाली लगाएर अस्थायी रुपमा बाटाे सुचारु हुदा सहज भएको स्थानियहरुको भनाइ छ ।

यो बाटो हुँदै बागचौर नगरपालिका भित्रका वडा नं. ८ र वडा नं. ९ लगायत छत्रेस्वरी गाउँपालिका भित्रका केहि वडा र रोल्पा जिल्लाका विभिन्न ठाउँका जनताहरु दैनिक ओहोरदोहोर गर्ने गर्दछन् ।

बर्षा यामको समय भएको हुदा अस्थायी पुल निर्माणकार्य समयमै सप्पन्न गरेको बिमला निर्माण सेवाले जनाएको छ ।


प्रकाशित मिति: २३ असार २०७९, बिहीबार १४:२६

प्रतिक्रिया दिनुहोस्