Logo

७ श्रावण २०८३, बिहीबार

हाम्रो बागचौर प्रथम नगर स्मारिका विमोचन : द्विपक्षीय सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न


बामदेव के.सी.


असार २४, सल्यान

सल्यानको बागचाैर नगरपालिकामा हाम्रो बागचाैर प्रथम स्मारिका पुस्तक विमोचन गरिएको छ । संघीय गणतन्त्र नेपालको प्रथम जननिर्वाचित स्थानीय सरकारका पाँच वर्ष, संघर्ष र सफलताका गाथा २०७९ प्रथम बागचाैर नगर स्मारिका आज एक कार्यक्रम बिच विमोचन गरिएको हो ।

बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतमको अध्यक्षता, बागचाैर नगरपालिकाका निवर्तमान नगर प्रमुख लोकमान बुढाथोकीको प्रमुख आतिथ्यता र बागचाैर नगरपालिकाका निवर्तमान उप-प्रमुख कल्पना पुनको विशिष्ट आतिथ्यतामा नगर स्मारिका विमोचन कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै बागचाैर नगरपालिकाका वर्तमान नगर प्रमुख जनकराज गाैतमले हिजोका दिनमा बागचाैर नगरपालिकाको हकमा के कति कामहरु भए त्यो “हाम्रो बागचाैर प्रथम नगर स्मारिका” किताबमा देखिएको बताउनुभएको छ । अहिले हामी सबै नयाँ बजेटलाई पुर्णता दिनेतर्फ लागिपरेका छाैं । बागचाैर नगरपालिकालाई असल बनाउने अभ्यास बनिरहदा, नेपालको संविधानको परिपालना गर्दै सबैको गरिमालाई उच्च राख्ने गरेर सबैको साथ सहयोगमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु उहाँले भन्नुभयो ।

कार्यक्रममा बोल्दै बागचाैर नगरपालिकाका निवर्तमान नगरप्रमुख लोकमान बुढाथोकीले बागचाैरमा बिस्तारै राम्रो राजनीतिक संस्कार बस्दै गएको बताउनुभएको छ । पाँच वर्षको कार्यकालमा हामीले के कति काम गर्ने सकेउ सकेनौं त्यो स्मारिकामा सबै छर्लङ्ग छ । कोभिड १९ को महामारीमा सिङ्गो नगरपालिकाको टिम खटिएर हामीले काम गरेका हाैं । बजेटको सन्दर्भमा संघिय सरकार र प्रदेश सरकारबाट गएको पाँच वर्षमा अन्याय भयो । सिमित श्रोत साधनमा रहेर हामिले काम गरेका थियौं उहाँले भन्नुभयो ।

यस्तै सोही कार्यक्रमको अवसरमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानको मातहतमा रहने गरि वार्षिक रूपमा सल्यानका एकजना उत्कृष्ट पत्रकारलाई सम्मान गर्ने गरि स्थापना गरिने अक्षयकोषको लागि रु. २ लाख ८० हजार ८ सय ४५ रुपैयाँको चेक सहित द्विपक्षीय सम्झौता पत्रमा संयुक्त हस्ताक्षर गरिएको छ ।

बागचाैर नगरपालिकाका निवर्तमान नगर प्रमुख लोकमान बुढाथोकी सँगै बागचौर नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत रामबहादुर हमाल र नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानको तर्फबाट जिल्ला समिति अध्यक्ष नवीन पौडेलले संयुक्त हस्ताक्षर गरि चेक ग्रहण गर्नुभएको हो ।

उक्त कोषको ब्याज रकमबाट प्रत्यक वर्ष सल्यान जिल्लामा कृयाशिल पत्रकारहरु मध्य एकजनालाई पुरस्कृत गरिने छ । पुरस्कृत हुने पत्रकार छान्ने सम्पुर्ण अधिकार नेपाल पत्रकार महासंघ सल्यानले गठन गरेको पुरस्कार मापदण्ड समितिलाई रहने सम्झाैता पत्रमा उल्लेख गरिएको छ ।

यस्तै सोही कार्यक्रमका बिच कार्यक्रमका प्रमुख अतिथि एवं बागचौर नगरपालिकाका निवर्तमान नगर प्रमुख लोकमान बुढाथोकीले आफ्नो पाँच वर्षीय कार्यकालमा सेवा सुविधा बापत प्राप्त गरेको रकमबाट बागचौर नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुमा अध्ययनरत रहेर SEE परीक्षामा उत्कृष्ट GPA प्राप्त गर्ने विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने गरि अक्षयकोष स्थापना गर्नुभएको छ ।

उक्त छात्रवृत्तिबाट सहिद तथा बेपत्ता परिवार, द्वन्द्व पीडित परिवारका एक एक जना छात्रछात्रा र अन्य छात्रछात्राहरू मध्येबाट एक एक जना छात्र छात्रालाई हरेक वर्ष छात्रवृत्ति वितरण गर्ने गरि अक्षयकोष स्थापनाको लागि रु. ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ चेक हस्तान्तरण गर्नुभएको हो ।

बागचौर नगरपालिकाका नगर प्रमुख जनकराज गौतमको अध्यक्षता एवं निवर्तमान नगर प्रमुख लोकमान बुढाथोकीको प्रमुख आतिथ्यता र निवर्तमान नगर उप-प्रमुख कल्पना पुनको विशिष्ट आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा नगर उप-प्रमुख सुम्निमा डि. सी., प्रमुख प्रशासकीय अधिकृत रामबहादुर हमाल, नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानका अध्यक्ष नवीन पौडेल, उपाध्यक्ष सरिता चलाउने लगायत बागचौर नगरपालिका वडा नं. २, ३, ५,११ र १२ नम्बर वडाका वडा अध्यक्षहरु, नगर कार्यपालिकाको कार्यालय अन्तर्गतका शाखा प्रमुखहरू, अन्य कर्मचारीहरु र संचारकर्मीहरुको विशेष उपस्तिथि रहेको कार्यक्रममा नगरपालिकाको बिगतको पाँच वर्षीय प्रगति विवरण समेटिएको भिडियो डकुमेन्ट्री समेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा बागचौर नगरपालिकाको तर्फबाट निवर्तमान नगर प्रमुख र उपप्रमुखलाई सम्मान तथा मायाको चिनो समेत प्रदान गरिएको थियो ।

उक्त कार्यक्रमको संचालन बागचाैर नगरपालिका क्षिक्षा शाखामा कार्यरत बिरेन्द्र प्रकाश डि.सी. ले गर्नुभएको थियो ।


प्रकाशित मिति: २४ असार २०७९, शुक्रबार १७:५५

प्रतिक्रिया दिनुहोस्