असार ३०, सल्यान
सल्यानको बागचाैर नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि बजेट वक्तव्य जारी गरेको छ ।
बिहीबार ९ औं नगर सभा मार्फत आर्थिक वर्ष २०७९/०८० का लागि नगरपालिकाले कुल बजेट रु ७९ करोड ७९ लाख ७९ हजार बजेट विनियोजन गरेको हो ।

बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतमले आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्य प्रस्तुत गर्नुभएको हो ।

जसमध्ये संघीय सरकार बाट रु ५९ करोड २७ लाख ७६ हजार, प्रदेश सरकारबाट रु ३ करोड ८० लाख ४ सय ४२, आन्तरिक श्रोतबाट रु १६ करोड ७२ लाख २ हजार ५ सय ५८ गरि जम्मा रु ७९ करोड ७९ लाख ७९ हजार बजेट विनियोजन गरिएको छ।
प्रकाशित मिति: ३० असार २०७९, बिहीबार १३:३८

