असोज २३, सल्यान ।
अविरल वर्षाका कारण सल्यानको भगवती खोला बढेपछि श्रीनगर बजार डुबानमा परेको छ । श्रीनगरमा दुईवटा खोला रहेका छन् जस मध्य भगवती खोला र सुकेखोलामा आज पानीको बहाफ उच्च भएको छ ।

सल्यानमा विगत ६ दिनदेखि निरन्तर रुपमा पानी परिरहेको छ । अहिले उद्धारका लागि सल्यानको शारदा नगरपालिकाका मेयर प्रकाश भण्डारी लगायतको टाेलि उद्धार कार्यमा खटिएको छ ।


तस्बिर : योगराज बिश्वकर्मा
प्रकाशित मिति: २३ आश्विन २०७९, आईतवार १४:२४

