कार्तिक ३, सल्यान ।
सल्यान प्रदेश सभाका (क) का उम्मेदवार भिम प्रकाश शर्माले संविधानको रक्षा र राजनीतिक स्थिरताका लागि गठबन्धन आवश्यक भएको बताउनुभएको छ ।
नेकपा माओवादी केन्द्र बागचौर नगर कमिटीको चौथो पुर्ण बैठकलाई सम्बोधन गर्दै नेता शर्माले संविधानको रक्षा गर्न राजनीतिक स्थिरताका लागि गठबन्धन आवश्यक रहेको बताउनुभएको छ । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पटक पटक संविधान माथि प्रहार गर्ने काम गरेकाले गठबन्धन आवश्यक रहेको उहाँको भनाइ छ ।
गठबन्धनले मात्रै देशलाई निकास र विकास दिन सक्ने भन्दै गठबन्धन बाहेक अन्य विकल्प नरहेको उहाँले बताउनुभयो । गठबन्धनले जनताको मर्म बुझन सक्ने, संविधानको रक्षा र विकास पनि गर्ने भएकाले गठबन्धनका नेतालाई भोट दिएर जिताउन शर्माले आग्रह गर्नुभयो ।
यस्तै, नेकपा माओवादीका केन्द्रीय सदस्य टेकबहादुर बस्नेतले मुलुकको परिस्थितिले गठबन्धन जन्माएको बताउनुभयो ।
प्रकाशित मिति: ३ कार्तिक २०७९, बिहीबार २०:२८

