Logo

७ श्रावण २०८३, बिहीबार

सल्यानमा जीप दुर्घटनाः ८ जना घाइते


खबर ग्यालरी


कात्तिक ६,सल्यान

सल्यानमा जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । दाङ तुलसीपुरबाट रोल्पाको सिमपानी जाँदै गरेको लु १ ज १४२४ नम्बरको सफारी जीप सल्यान कपुरकोट गाउँपालिका १ सारपानी खोरबारेमा आइतबार दिउँसो दुर्घटना भएको हो । 

दुर्घटनामा परी सल्यान त्रिवेणी गाउँपालिका २ सिमखोलाकी ४२ वर्षीया निम कुमारी बुढा, शोही ठाउँकी २५ वर्षीया रिमा कुमारी बुढा, रोल्पा त्रिवेणी गाउँपालिका ४ सिमपानी की २१ वर्षीया प्रगति घर्ती, २२ वर्षीया झरना घर्ती ५४ वर्षीय बम घर्ती, ४६ वर्षीय रणविर घर्ती, ५१ वर्षीय गंगा प्रसाद राना र सल्यान त्रिवेणी गाउँपालिका २ सिमखोलाका ४८ वर्षीय खडक बहादुर बुढा घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

घाइते सबैलाई प्रदेशिक अस्पताल दाङ तुलसीपुर पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनुभयो । घाइते मध्ये निम कमारी बुढा, रिमा कुमारी बुढा र प्रगति घर्तीको अवस्था गम्भीर रहेको छ भने अन्यको सामान्य रहेको उहाँको भनाई छ । 

उकालो चड्ने क्रममा जीप व्याक हुँदा जीप सडकबाट अन्दाजी ४५ मिटर तल खसेको छ । जीपमा १५ जना यात्रु सवार रहेका थिए भने जीप चालक दाङ तुलसीपुर उपमहानगरपालिका ३ का प्रेम बहादुर ओलीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 


प्रकाशित मिति: ६ कार्तिक २०७९, आईतवार १७:३९

प्रतिक्रिया दिनुहोस्