Logo

६ जेष्ठ २०८१, आईतवार

प्रहरी निरीक्षक शाहीको फरक काम : गरियो पुस्तकालय स्थापना  


बामदेव के‍‌‍‍‍‍‍‌‌‌‌.सी.


कार्तिक १४, सल्यान ।

ईलाका प्रहरी कार्यालय थारमारे सल्यानमा हिरासत कक्षमा बसेका व्यक्तिहरुको अध्ययन प्रयोजनको लागि विभिन्न पुस्तकहरु राखी पुस्तकालय स्थापना गरिएको छ ।

हिरासतमा बसेका व्यक्तिहरुलाई फुर्सदको समय धेरै हुने भएकाले त्यसको सजिलै सदुपयोग होस् भन्ने हेतुले आज सोमबार पुस्तकालय संञ्चालनमा ल्याइएको ईलाका प्रहरी कार्यालय थारमारेका प्रमुख प्रहरी निरीक्षक कनक बहादुर शाहीले बताउनुभएको छ । 

‘अपराधी सधै अपराधी नै नहुने र हाम्रो न्यायप्रणालीले निजहरूलाई सुधार गरि फेरि पनि समाजमा पुनर्स्थापना गराउने, हिरासतमा बसेका व्यक्तिहरुलाई अध्ययन गर्ने बानीको विकास हुने र उनिहरुमा केही सुधार भई हाम्रो हिरासत कक्षबाट केहि सिकेर जाउन भन्ने हेतुले पुस्तकालय संञ्चालनमा ल्याएका हाैं शाहीले भन्नुभयो ।’


प्रकाशित मिति: १४ कार्तिक २०७९, सोमबार १९:५१

प्रतिक्रिया दिनुहोस्