Logo

७ श्रावण २०८३, बिहीबार

राष्ट्रलाई समृद्ध बनाउन गठबन्धन भएको हो : गठबन्धन दलका नेता


खबर ग्यालरी


सल्यान, १६ कार्तिक ।
गठबन्धन दलहरुको सल्यान प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ स्तरिय संयुक्त कार्यकर्ता भेला मंगलबार बागचौरमा सम्पन्न भएको छ । गठबन्धन दलका नेता तथा कार्यकर्ताहरु र साझा उम्मेदवारहरुको सहभागितामा मंगलवार संयुक्त कार्यकर्ता भेला बागचौरमा सम्पन्न भएको हो ।
संयुक्त कार्यकर्ता भेलामा बोल्ने बक्ताहरुले राष्ट्रलाई समृद्ध बनाउन गठबन्धन भएको बताएका छन् । संविधानको रक्षा गर्ने, लोकतन्त्र बलियो बनाउन, राजनीतिक स्थिरता दिन, राष्ट्रलाई समृद्धि दिन र जनतालाई खुशी दिन गठबन्धन भएको उनीहरुले बताएका हुन् । 
प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ प्रदेश स्तरिय संयुक्त निर्वाचन परिचालन समितीका संयोजक ज्ञान बहादुर वलीको अध्यक्षता तथा नेकपा (माओवादी केन्द्र) का पोलिटव्युरो सदस्य एवं जिल्ला संयुक्त निर्वाचन परिचालन समितिका संयोजक टेक वहादुर बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा नेपाली कांग्रेस सभापति केश वहादुर विष्ट, नेकपा (माओवादी केन्द्र)का संयोजक कृति वहादुर पुन, नेकपा (माओवादी केन्द्र) का जिल्ला इन्चार्ज उमाकान्त शर्मा, नेपाली काँग्रेसका प्रदेश सहमहामन्त्री एकराज डाँगी, नेपाली काँग्रेस केन्द्रीय निर्वाचन परिचालन समिति सदस्य ध्रुवराज पुरी, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य लोक बहादुर डाँगीले बोल्नुभएको थियो ।

यस्तै प्रतिनिधिसभामा गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव प्रकाश ज्वाला, प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ का साझा उम्मेदवार भिम प्रकाश शर्मा, प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ का साझा उम्मेदवार सुरेश अधिकारी, नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य टीका वुढाथोकी, संयुक्त निर्वाचन परिचालन समितिका सचिव रत्नलाल वली, नेकपा (माओवादी केन्द्र)का प्रदेश कमिटी उपाध्यक्ष कर्ण बहादुर बुढाथोकी, नेपाली काग्रेसका महासमिति सदस्य मान बहादुर डाँगी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सहजीकरण नेपाली कांग्रेसका युवा नेता प्रेम नारायण बिकले गर्नुभएको थियो ।


प्रकाशित मिति: १६ कार्तिक २०७९, बुधबार ०८:१९

प्रतिक्रिया दिनुहोस्