Logo

७ श्रावण २०८३, बिहीबार

सल्यान निर्वाचन : एमालेलाई गठबन्धनको डर

"निर्वाचन नजिकिँदै गर्दा अहिले सल्यानका विभिन्न सार्वजनिक स्थल, चिया पसल,गाउँघर र विभिन्न ठाउँमा निर्वाचनकै कुरा हुन थालेका छन् भने निर्वाचन कसले जित्ला भनेर विभिन्न अडकलबाजी समेत सुरु हुन थालेका छन् ।"


खबर ग्यालरी


कार्तिक १९, सल्यान ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सल्यानका विभिन्न राजनीतिक दलहरुले यतिबेला प्रचारप्रसार लाई तीब्र बनाएका छन् । 

प्रतिनिधि सभा र प्रदेश सभामा उम्मेदवार बनेका राजनीतिक दलका नेताहरुलाई यतिबेला भेटघाट, विभिन्न बैठक र घरदैलो कार्यक्रम गर्न र भोट माग्न भ्याइनभ्याइ छ ।

“निर्वाचन नजिकिँदै गर्दा अहिले सल्यानका विभिन्न सार्वजनिक स्थल, चिया पसल,गाउँघर र विभिन्न ठाउँमा निर्वाचनकै कुरा हुन थालेका छन् भने निर्वाचन कसले जित्ला भनेर विभिन्न अडकलबाजी समेत सुरु हुन थालेका छन् ।”

मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि सल्यानमा एकातिर सत्ता गठबन्धन र अर्कोतिर एमाले चुनावी मैदानमा छन् । सल्यानमा आफूलाई शक्तिशाली भएको बताउने सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवारबिच मंसिर ४ को चुनावमा रोचक प्रतिस्पर्धा हुने देखिन्छ ।

२०७४ को निर्वाचन लाई नियाल्ने हो भने प्रतिनिधि सभाका लागि तत्कालीन बाम गठबन्धनका साझा उम्मेदवार बन्नुभएका नेकपा माओवादी केन्द्रका टेक बहादुर बस्नेत ४० हजार ८९७ मत ल्याएर विजयी हुनुभएको थियो । यस्तै नेपाली कांग्रेसका राजेन्द्र बहादुर शाहले २९ हजार ७६७ मत ल्याउनु भएको थियो । बस्नेत यस पटकको निर्वाचनमा उम्मेदवार बन्नु भएन भने टिकट बाडफाडमा प्रतिनिधि सभा अन्तर्गत एकीकृत समाजवादीको पोल्टाेमा परेपछि शाहले यतिखेर स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।

बाम गठबन्धनका साझा उम्मेदवार बन्नुभएका तत्कालीन एमालेबाट प्रकाश ज्वालाले १९ हजार ८ सय ३६ मत ल्याएर विजयी हुनु भएको थियो । बाम गठबन्धनबाट नेकपा एमालेका गुलाब जङ्ग शाह १९ हजार ६५८ मत ल्याएर विजयी हुनु भएको थियो ।

२०७४ सालको चुनावमा राप्रपाबाट उम्मेदवार बन्नुभएका राजेन्द्र वीर राय यस पटकको चुनावमा भने एमालेमा प्रवेश गरी प्रतिनिधि सभा तर्फ गठबन्धनका साझा उम्मेदवार प्रकाश ज्वालाको प्रतिस्पर्धी बन्नु भएको छ । राप्रपामा हुँदा रायले ६ हजार ५४ मत प्राप्त गर्नुभएको थियो । 

यसपालि गठबन्धनबाट (क) मा माओवादी केन्द्र र (ख) मा नेपाली कांग्रेसलाई भाग परेको छ । (क) मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका भीम प्रकाश शर्मा र नेकपा एमालेका कुल बहादुर गिरी बिच चुनावी प्रतिस्पर्धा हँदैछ । 

गत २०७४ को निर्वाचनमा प्रदेश सभा (क) बाट निर्वाचित बन्नुभएका गुलाब जङ्ग शाह भने यस पटक प्रदेश सभा (ख) बाट चुनाव लड्दै हुनुहुन्छ । शाहले गठबन्धनबाट शारदा नगरपालिकाका निवर्तमान मेयर सुरेश अधिकारीसँग प्रतिस्पर्धा गर्दैहुनुहुन्छ  । 

यस्तै सल्यानमा गठबन्धनले अत्याधिक मत ल्याएर प्रतिनिधि सभा र प्रदेश सभा दुबै निर्वाचन जित्ने गठबन्धनका एक नेताले बताउनुभयो । श्रोतका अनुसार सल्यानमा गठबन्धन भन्दा नेकपा एमाले कमजोर देखिएको छ ।  प्रतिनिधि सभा र प्रदेश सभा (क) भन्दा प्रदेश सभा (ख) तर्फ एमाले केही हदसम्म बलियो देखिएकाले पनि उक्त क्षेत्रमै एमालेका कार्यकर्ताहरु निर्वाचनमा केन्द्रित भएको एमालेका एक नेताले बताउनुभयो ।


प्रकाशित मिति: १९ कार्तिक २०७९, शनिबार १९:५४

प्रतिक्रिया दिनुहोस्