Logo

७ श्रावण २०८३, बिहीबार

गुनासो सुन्न शारदा नगरपालिकाले सञ्चालनमा ल्यायो निशुल्क टोल फ्रि नम्बर


खबर ग्यालरी


कार्तिक २१, सल्यान ।

सल्यानको शारदा नगरपालिकाले पैसा नलाग्ने फोन नम्बर अर्थात निशुल्क टोल फ्रि नम्बर सञ्चालनमा ल्याएको छ ।

गुनासो सुन्नको लागि २४ घन्टा टोल फ्रि नम्बर सञ्चालन हुने शारदा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लिलाधर बबालले बताउनुभयो ।

शारदा नगरपालिका भित्रका जनप्रतिनिधि संग सम्बन्धित प्रश्न, जिज्ञासा, गुनासो, सल्लाह, सुझाव र सूचना प्राप्त गर्नुपरेमा १६६०८८५२०१० मा फोन गर्न समेत शारदा नगरपालिकाले अनुरोध गरेको छ ।


प्रकाशित मिति: २१ कार्तिक २०७९, सोमबार ०९:३४

प्रतिक्रिया दिनुहोस्