Logo

६ जेष्ठ २०८१, आईतवार

सल्यानको मोखला मेला: (भिडियो)


खबर ग्यालरी


कार्तिक २३, सल्यान ।

सल्यानको बागचौर नगरपालिका वडा नम्बर १० मा पर्ने मोखलामा हिजो मंगलबार धुमधामका साथ मेला लागेको छ । मोखलामा प्रत्येक वर्ष तिहार पछि आउने पहिलो पूर्णिमाका दिन मेला लाग्ने गर्दछ ।

मोखला मेला लाग्ने स्थान नजिकै शिव गुफा समेत रहेको छ । सल्यानको बागचौर नगरपालिका स्थित मोखला शिव गुफा कति लामो छ भन्ने अहिलेसम्म यकिन हुन सकेको छैन । गुफामा भगवान शिवको मूर्ती समेत रहेको छ ।

सल्यानका विभिन्न ठाउँबाट मानिसहरु पूजापाठ तथा विवाहका लागि यहाँ आउने गर्दछन् । यो ठाउँमा महाशिवरात्रीको दिन पनि मानिसहरुको घुइँचो लाग्ने गर्दछ ।

मोखला मेला हेर्ने छिमेकी जिल्ला दाङ, रुकुम र रोल्पाबाट समेत मानिसहरुको घुइँचो लाग्ने गर्दछ ।

हेर्नुहोस् सल्यानको मोखला मेलाको भिडियो :


प्रकाशित मिति: २३ कार्तिक २०७९, बुधबार १२:०१

प्रतिक्रिया दिनुहोस्