Logo

७ श्रावण २०८३, बिहीबार

सल्यानमा ५३ प्रतिशत मत खस्यो


खबर ग्यालरी


मंसिर ४, सल्यान ।
सल्यानमा ५३ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानका अनुसार जिल्लाभर ५३ दशमलव २७ प्रतिशत अर्थात पुरुष ४० हजार २१ र महिला ४४ हजार १ गरि ८४ हजार २२ मत खसेको हो ।

एक प्रतिनिधि र २ प्रदेश सभा रहेको सल्यानमा १ लाख ५७ हजार ७ सय १ मतदाता रहेका छन । मतदान सकिए संगै मत पेटिका सल्यानको सदरमुकाम खलंगा ल्याउने क्रम जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानले जनाएको छ ।


प्रकाशित मिति: ४ मंसिर २०७९, आईतवार २०:०४

प्रतिक्रिया दिनुहोस्