Logo

७ श्रावण २०८३, बिहीबार

स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन र वित्तिय सुशासन जोखिम मूल्यांकन सम्बन्धि अभिमुखिकरण कार्यक्रम बागचाैरमा सम्पन्न


खबर ग्यालरी


मंसिर २६, सल्यान ।
जिल्ला समन्वय समिति सल्यानको आयोजना तथा बागचौर नगरपालिकाको सहजीकरणमा स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (LISA)  तथा स्थानीय तह वित्तिय सुशासन जोखिम मुल्याङ्कन (FRA) सम्बन्धी नगरपालिका स्तरीय अभिमुखिकरण कार्यक्रम सल्यानको बागचाैरमा सम्पन्न भएको छ ।

बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतमको अध्यक्षता, बागचाैर नगरपालिकाका उपप्रमुख सुम्निमा डि.सी. वलीको विशिष्ट आतिथ्यता, बागचाैर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार गाैतमको आतिथ्यतामा भएको कार्यक्रममा कोष तथा लेखा नियन्त्रण कार्यालय सल्यानका प्रमुख कमल सिंह भण्डारी क्षेत्री, शारदा नगरपालिकाका सूचना प्रविधि अधिकृत नविन मल्ल र जिल्ला समन्वय समिति सल्यानका सूचना अधिकारी खुमानन्द चन्दले उक्त कार्यक्रम बारे अभिमुखिकरण गर्नुभएको थियो ।

त्यस्तै बागचौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार गौतम, योजना शाखा प्रमुख पूर्ण बहादुर वली, सूचना प्रविधि अधिकृत तिर्थराज डाँगी र लेखा शाखामा कार्यरत सह लेखापाल बसन्त लामिछानेले पालिका स्तरबाट उक्त कार्यक्रम सम्बन्धि सहजिकरण गर्नुभएको थियो ।

कार्यक्रममा स्थानिय तहको स्वमूल्यांकन विधि र यसको  प्रभावकारिता, शासकीय प्रबन्ध, स्थानिय तहमा कार्यरत कर्मचारी र जनप्रतिनिधिको स्वमूल्यांकन, अभिलेख व्यवस्थापन, विभिन्न कामको मुल्यांकन, वार्षिक बजेटको क्षेत्र तथा योजना व्यवस्थापन लगायतका विषयमा प्रस्तुतिकरण गरिएको थियो ।

समापन कार्यक्रममा बोल्दै बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतमले सबै शाखाका कर्मचारीलाई कटिबद्ध भएर काम गर्न निर्देशन दिनुभयो । नगरपालिकालाई सफल बनाउन सबै कर्मचारीहरु एक भएर काम गर्नुपर्ने उहाँले बताउनुभयो ।

यस्तै समापन कार्यक्रममा बोल्दै बागचाैर नगरपालिकाका उपप्रमुख सुम्निमा डि.सी. वलीले (LISA) र (FRA) को कार्यक्रमले सबैलाई सचेत बनाएको बताउनुभयो । उहाँले न्यायिक क्षेत्रका कार्यलाई अब चाडैं अगाडि बढाउनुपर्ने बताउदै कार्यक्रम प्रभावकारी भएको बताउनुभयो ।

यस्तै कार्यक्रममा बोल्दै बागचाैर नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत अनन्त कुमार गाैतमले विभिन्न शाखामा कार्यरत कर्मचारीले शाखा सँग सम्बन्धित काम चाडैं सप्पन्न गर्नुपर्ने जोड दिनुभएको छ । (FRA) र (LISA) सँग सम्बन्धित काम समय सिमा भन्दा अगाडि नै सम्पन्न गर्न उहाँले अनुरोध गर्नुभयो ।

कार्यक्रममा बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतम, उपप्रमुख सुम्निमा डि.सी. वली, बागचाैर नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत अनन्त कुमार गाैतम, कोष तथा लेखा नियन्त्रण कार्यालय सल्यानका प्रमुख कमल सिंह भण्डारी क्षेत्री, बागचाैर नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरु, बागचाैर नगरपालिकाका योजना शाखा प्रमुख पूर्ण बहादुर वली, विभिन्न वडाका वडा सचिवहरु, कार्यपालिका सदस्यहरु, शारदा नगरपालिकाका सूचना प्रविधि अधिकृत नविन मल्ल, बागचाैर नगरपालिकाका सूचना प्रविधि अधिकृत तिर्थराज डाँगी, जिल्ला समन्वय समिति सल्यानका सूचना अधिकारी खुमानन्द चन्द, बागचाैर नगरपालिकाका विभिन्न शाखामा कार्यरत शाखा प्रमुखहरु र कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: २६ मंसिर २०७९, सोमबार १९:२१

प्रतिक्रिया दिनुहोस्