Logo

७ श्रावण २०८३, बिहीबार

शारदा नगरपालिकाको ३५ दिने सूचना जारी : बसपार्क निर्माणका लागि ऐलानी जग्गामा बनेका घरटहरा हटाउन अनुरोध


खबर ग्यालरी


मंसिर २६, सल्यान ।
सल्यानको शारदा नगरपालिका १ श्रीनगर नजिक अस्थाई बसपार्क क्षेत्र भित्र एलानी जग्गामा रहेका घरटहराहरु हटाउन नगरपालिकाले आग्रह गरेको छ ।

शारदा नगरपालिकाको २०७९ मंसिर १५ गते बसेको कार्यपालिका बैठकको निर्णय अनुसार निकट भविष्यमा बन्न लागेको आधुनिक बसपार्कको लागि सरकारी पर्ती ऐलानीजग्गा छुट्याइ नापजाँचको कार्य भइसकेको हुनाले सूचना प्रकाशनको मितिले ३५ दिन भित्र उक्त क्षेत्र भित्र रहेका ७५ घरदुरि, टहरा र समानहरु हटाउन नगरपालिकाले अनुरोध गरेको हो ।

तोकिएको समयावधि भित्र निर्माण भएका घरटहराहरु, अतिक्रमीत जग्गा तथा निर्माण भएका संरचनाहरु नहटाएमा कार्वाहीको प्रक्रिया अघि बढाइने समेत नगरपालिकाले सोमबार जारी गरेको सूचनामा उल्लेख छ  ।


प्रकाशित मिति: २६ मंसिर २०७९, सोमबार १९:४२

प्रतिक्रिया दिनुहोस्