Logo

२५ बैशाख २०८१, मंगलवार

सिद्ध कुमाख गाउँपालिकाका इन्जिनियर माथी कुटपिट: कारबाहीको माग गर्दै विभिन्न विज्ञप्ति जारी


खबर ग्यालरी


पुस ३, सल्यान ।

सिद्धकुमाख गाउँपालिकाका इन्जिनियर विवेकमान बस्नेत माथि कुटपिट तथा दुर्व्यवहार भएको छ ।

सिद्ध कुमाख गाउँपालिका को वडा नम्बर २ को निर्माणाधीन वडा कार्यालय भवनको अनुगमन गर्न गएका बेला हिजो शनिबार ४: ३० बजे संजय कुमार तिरुवाले बस्नेतलाई कुटपिट तथा दुर्व्यवहार गरेका हुन ।

ढलानको क्रममा मापदण्ड विपरीत काम भैरहेको बेला त्यसो नगर्न भनेपछि इन्जिनियर बस्नेतलाई कुटपिट गरिएको सिद्धकुमाख गाउँपालिकाले जनाएको छ ।

विगतमा पनि राष्ट्रसेवक कर्मचारी माथी यस्तै व्यवहार भएकाले शान्तिपूर्ण रुपमा काम गर्ने वातावरण बनाउन र दोषीलाई सजाय नहुदासम्म गाउँपालिकाका सबै सेवा स्थगित गरिएको सिद्ध कुमाख गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मार्शल कुमार वली लगायत गाउँपालिकामा कार्यरत कर्मचारीहरुले हस्ताक्षर गरेको प्रेस बिज्ञप्तिमा उल्लेख छ ।

यस्तै  इन्जिनियर विवेकमान बस्नेत माथि कुटपिटको विषयलाई लिएर कानुनी कारबाही अगाडि बढाउनुपर्ने माग गर्दै नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति सल्यान, नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्य समिति सल्यान र नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती जिल्ला कार्य समिति सल्यानले संयुत्त प्रेस विज्ञप्ति जारी गरेको छ ।

अपराधिक घटना हुन नदिन नेपाल सरकारको तर्फबाट कार्यस्थलको शान्ति सुरक्षाको प्रत्याभूति प्रदान गर्न, दोषी माथि कानुनी कार्बाहीको माग गर्दै संगठनहरुले प्रेस विज्ञप्ति जारी गरेका हुन।

यस्ता छन् कर्मचारी संगठनका प्रेस विज्ञप्तिहरु:


प्रकाशित मिति: ३ पुष २०७९, आईतवार १६:५७

प्रतिक्रिया दिनुहोस्