Logo

७ श्रावण २०८३, बिहीबार

शारदा नगरपालिका सल्यानका मेयर प्रकाश भण्डारी एक्सनमा : श्रीनगरमा आधुनिक बसपार्क निर्माण गर्ने संकल्प


बामदेव के‍‌‍‍‍‍‍‌‌‌‌.सी.


माघ २, सल्यान ।
सल्यानको शारदा नगरपालिका –१ श्रीनगरमा बन्न लागेको आधुनिक बसपार्कको लागि उक्त एरियामा रहेको सरकारी पर्ती ऐलानी जग्गामा निर्मित संरचनाहरु हटाउन शुरु गरिएको छ ।

घर टहरा हटाउन दिइएको ३५ दिने अल्टिमेटम शनिबार सकिएपछि नगरपालिकाले आज बिहान ७ बजेदेखि घर टहरा हटाउन शुरु गरेको हो ।

आधुनिक बसपार्क निर्माण गर्ने संकल्प छ मेयर भण्डारी:

नगर प्रमुख भण्डारीले आधुनिक बसपार्क निर्माणको काम सल्यानकै गौरवको बिषय भएकाले तत्काल काममा लाग्ने बताउनु भएको छ । पत्रकार सम्मेलनमा बोल्दै मेयर भण्डारीले उक्त एरियामा आधुनिक बसपार्क मात्र नभई बच्चा बच्ची खेल्ने पार्क र एउटा हस्पिटलको समेत कन्सेप्ट रहेकाले ऎलानी जग्गा खोज्नु परेको बताउनुभयो ।


नगरको ११ औं नगर सभाबाट १ करोड बजेट बसपार्कको सरसफाइ र केहि संरचना निर्माणकोलागि भएको र त्यो बाहेक हामीसंग अहिले शुन्य बजेट छ, यो भन्दा पहिला ६४ करोडको बजेट परेको र ३ पटकसम्म बजेट फ्रीज भएको स्मरण गराउदै करोडौंको बजेट यहाँ आवस्यक भएकाले केन्द्र र प्रदेश सरकारसंग डिपिआर लिएर जाने समेत उहाँले बताउनुभयो ।

बसपार्क एरियाको ऐलानी जग्गामा भएका घर टहरा मात्र हटाउने कि नगरपालिका भित्रका सबै ऎलानी घरटहरा पहिचान गर्ने? भन्ने पत्रकारको प्रश्नमा मेयर भण्डारीले अहिले सम्म हामीले सूचना दिएका घरटहराहरु ८३ थियो र त्यसबाहेक अरुपनि नगरपालिकाले खोज्दै गरेको र हामीसंग भएको ऎलानी जग्गा जहाँ राज्यलाइ आवस्यकता पर्छ त्यहा लिन सकिने बताउनुभयो ।

कुल ३५ रोपनी क्षेत्रफलमा रहेको उक्त जग्गामा रहेका ९० प्रतिशत नागरिकलाई विभिन्न तरिकाले सहयोग गरेको र घर नभएका बासिन्दालाई कोठा खोजेर ब्यबस्थापन गरेको नगरपालिकाले जनाएको छ ।

स्थानीयहरुले भने आफुहरु विकास विरोधी नभएको र ऐलानी घरहरुमा कसैको घर भत्काउने र कसैलाई छोडेमा आन्दोलनका कार्यक्रम गर्ने समेत चेतावनी दिएका छन् ।

यस्तै शारदा नगरपालिकाले भत्काएका संरचनाको (ढुङ्गा, इट्टा, झ्याल, ढोका टिन) लगायतका सामानहरुको  ब्यबस्थापनको लागी ३ दिनको समय थप गरेको छ । सो समयावधिमा सामान ब्यबस्थापन नभए नियमानुसार नगरपालिका स्वयंले हटाउने समेत नगरपालिकाले सोमबार जारी गरेको सूचनामा उल्लेख छ ।


प्रकाशित मिति: २ माघ २०७९, सोमबार १९:२४

प्रतिक्रिया दिनुहोस्