Logo

७ श्रावण २०८३, बिहीबार

टेक माइन्डस नेटवर्कको शाखा कार्यालय बागचौरमा स्थापना


खबर ग्यालरी


माघ २१, सल्यान

सल्यानको बागचौरमा टेक माइन्डस नेटवर्क प्रा.ली.ले आफ्नो शाखा विस्तार गरेको छ । हिजो शुक्रबार एक कार्यक्रम बिच बागचौर नगरपालिकाका नगर प्रमुख जनकराज गौतमले टेक माइन्डस नेटवर्क प्रा.लि. बागचौर शाखाको उद्घाटन गर्नुभएको हो ।

टेक माइन्डस नेटवर्क प्रा.लि. ले देश भरका ७० जिल्लाबाट सेवा दिदै आएकोमा सल्यान जिल्लाका सबै स्थानीय तहमा सेवा विस्तार गर्ने उदेश्य राखी बागचौर नगरपालिकामा शाखा विस्तार गरिएको र इन्टरनेटसँगै टेलिभिजन संचालनका लागि पनि तयारी गरेको टेक माइण्डस नेटवर्क प्रा.लि. कर्णाली प्रदेश क्षेत्रीय प्रबन्धक संगम सुनारले खबर ग्यालरीलाई जानकारी दिनुभयो ।

उहाँले टेक माइण्डस नेटवर्क प्रा.लि. ले व्यवसाय विस्तारको क्रममा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिनुभयो ।

शाखा कार्यालय उद्घाटन कार्यक्रममा नगर उप-प्रमुख सुम्निमा डि.सी.वली, नगर प्रवक्ता एवम् वडा नं. २ का वडाध्यक्ष दिपेश डि.सी., स्थानीय व्यापारी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

तस्बिर: सन्जीव देवकोटा


प्रकाशित मिति: २१ माघ २०७९, शनिबार १९:०१

प्रतिक्रिया दिनुहोस्