Logo

७ श्रावण २०८३, बिहीबार

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा बागचौर नगरपालिका वडा नं.१ द्वारा वृद्वा आमाहरुलाई सम्मान


खबर ग्यालरी


फागुन २४, सल्यान ।
११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सल्यानको बागचाैर नगरपालिका वडा नम्बर १ द्वारा आयोजित कार्यक्रममा १५ जना ७० वर्ष माथीका वृद्वा आमाहरुलाई सम्मान गरिएको छ ।

वृद्वा आमाहरु जिउदो इतिहास भएको र उहाँहरुले मुलुकको विभिन्न उतरचढाव व्यहोर्नु परेको स्मरण गर्दै ग्रामीण परिवेशका वृद्वा आमाहरु वास्तविक श्रमिक भएको वडा अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि गङ्गाराम बस्नेतले बताउनु भएको छ ।

आगामी दिनमा महिला सशक्तीकरणका लागि आवस्यक बजेट विनियोजन गरि स्वरोजगारमुलक तालिम सन्चालन गर्ने र तालिम लिएका जनशक्तिले आफूले सिकेको सिपको उपयोग गरे नगरेको बारेमा वडा कार्यालयबाट चासोपुर्वक हेरिने प्रतिवद्वता व्यक्त गर्नुभएको छ ।

वडा सदस्य लक्ष्मी लामिछानेको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख आतिथ्यता वडा नम्बर १ का वडा अध्यक्ष गङ्गाराम बस्नेतले गर्नुभएको थियो । वडा नम्बर १ का वडा सदस्यहरु, वडा भित्रका १० वटा आमा समूहका महिलाहरु लगायत अन्य महिला दिदिबहिनीको सहभागीतामा सुरु भएको कार्यक्रमको सन्चालन वडा नम्बर १ का वडा सचिव हेमन्त प्रकाश बस्नेत ले गर्नुभएको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य कार्यपालिका सदस्य टिकाराम वि.क. ले राख्नुभएको थियो भने वडा सदस्य वसन्ती वि.क. ले स्वागत तथा शुभकामना मन्तव्य राख्नुभएको थियो ।

११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा वडा नम्बर १ मा घैटोफोर, हाजिरी जवाफ, लोकदोहोरी र वक्तृत्वकला कार्यक्रम राखिएको थियो ।


प्रकाशित मिति: २४ फाल्गुन २०७९, बुधबार २१:०८

प्रतिक्रिया दिनुहोस्