Logo

७ श्रावण २०८३, बिहीबार

बागचौर लिफ्ट खानेपानी आयोजनाको पहिलो साधारण सभा सम्पन्न


बामदेव के‍‌‍‍‍‍‍‌‌‌‌.सी.


चैत २५, सल्यान ।
सल्यानको बागचाैर नगरपालिका वडा नम्बर २ को बागचौर लिफ्ट खानेपानी आयोजनाको पहिलो साधारण सभा तथा आम भेला बागचाैरमा सम्पन्न भएको छ ।

बागचौर लिफ्ट खानेपानी आयोजनाका अध्यक्ष ज्ञानेश्वर के.सी. को अध्यक्षता तथा बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतमको प्रमुख आतिथ्यता, नगर उपप्रमुख सुम्निमा डि.सी. वलीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतमले बागचाैर नगरपालिकाको वडा नम्बर २ मा झण्डै १३१ घरमा धारा जडान भइसकेको बताउदै अन्य ठाउँमा चाडैं धारा जडान गर्ने उदेश्य लगेको आयोजनालाई चाडैं काम पूरा गर्ने निर्देशन दिनुभयो ।

कार्यक्रममा बोल्दै उहाँले यो आयोजना निकै ठूलो भएको बताउदै खानेपानी कार्यालयले मात्रै सबै काम गर्न असम्भव भएकोले उपभोक्ता सबैले चासोका साथ आफ्नो कर्तव्य  पुरा गनुपर्ने जोड दिनुभएको छ । उहाँले लिफ्ट खानेपानी आफैमा महंगो भएको बताउदै विद्युतको महशुल, सोलारको मर्मत सम्भार लगायतका समस्याहरू भएकोले यो समस्याको हल गर्दै खानेपानी आयोजनाले सहि तरिकाले कार्यसम्पादनलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । “हामी निर्वाचित भइसकेपछि अलपत्र परेको आयोजनाहरू लाई दृढ़ संकल्पका साथ पुरा गर्न लागी परेको छाैं, कोटवेत लिफ्ट खानेपानी आयोजना र जिँउला लस्तम भ्यू टावर सम्म पुग्ने पानीका सदर्भमा हामीले तीब्र गतिमा काम गरिरहेका छाैं उहाँले भन्नुभयो ।”

यस्तै कार्यक्रममा बोल्दै बागचाैर नगरपालिकाका उपप्रमुख सुम्निमा डि.सी. वलीले बागचाैरमा खानेपानीको अत्यन्तै समस्या भएको बताउदै टाढाटाढा बाट पानी बोक्नु पर्ने समस्याको अन्त्य भएको बताउनुभ‌एको छ । बागचौर नगरपालिका भित्र यो आयोजना उदाहरणीय भएको बताउदै मानव इतिहास सगैं सभ्य समाज रूपान्तरणको लागि पानी जिवन सँगै जोडिएको विषय भएकाले कृषि उत्पादन, स्वास्थ्य, सरसफाइ तथा पर्यावरणिय क्षेत्रमा पानीको नितान्त आवश्यकता रहेको उहाँको भनाइ छ ।

यस्तै कार्यक्रममा बोल्दै बागचाैर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष दिपेस डि.सी. ले बागचौरमा अफ्ट्यारो परिस्थितिका बाबुजुत पनि सहज तरिकाले घरमै धारा जडान गर्ने पाएकोमा यहाँका स्थानीयहरु खुशी भएको बताउनुभएको छ । बागचौर लिफ्ट खानेपानी आयोजनालाई २ नम्बर वडाको मात्र नभएर नगर र जिल्लाकै उत्कृष्ट खानेपानी संस्था बनाउनुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा बागचौर लिफ्ट खानेपानी आयोजनाका अध्यक्ष ज्ञानेश्वर के.सी. ले राज्यको पून संरचनाको शुरुवाती सँगै प्रदेश सरकार र स्थानीय सरकारको समन्वयको अभावका कारण समितीले आयोजना कार्यान्वयनमा पिडादायी अवस्था भोग्नु परेको बताउनुभएको छ । दृढ इच्छाशक्ति तथा साहसि कदमका साथ समस्या निकारण गर्दै यो योजना अगाडी बढेको उहाँको भनाइ छ ।

राजनैतिक आग्रह-पूर्वाग्रह‌बाट सबै जना खुल्ला मनका साथ वास्तविकता वुझ्न उपभोक्ताहरु सिस्ट र मर्यादित भएर आफ्नो अपनत्व निर्वाह गर्नुपर्ने जोड दिदै अनावश्यक कु-प्रचार गर्नुभन्दा शंका लागेका कुरामा अफिसमा पुगेर कागजात आय/व्यय हेर्न सकिने उहाँले बताउनुभयो । पारदर्शिता र सुशासन हामी सबैले निर्वाह गर्नुपर्ने कतब्य भएकाले कठिनाइ र समस्या संग मुकाविला गर्दै तितो आरोपलाई वेवास्ता गर्दै आफूहरु सत्यतथ्यमा आधारित हुदै सकारात्मक सोचका साथ अगाडि बढेको उहाँले बताउनुभयो ।

यस्तो छ बागचौर लिफ्ट खानेपानी आयोजनाले पहिलो साधारण सभा तथा आम भेलामा प्रस्तुत गरेको प्रतिवेदन:-
कर्णाली प्रदेश सरकारको आर्थिक सहयोग तथा जिल्ला खानेपानी सिचाई तथा उर्जा विकास कार्यालयको प्राविधिक सहयोगमा २०७६ साल ९ महिना ९ गते देखि समितिको पहिलो बैठकबाट बहुवर्षिय यो योजनाको शुरुवात भएको थियो । डिपिआरमा एक हजार घरधुरीमा पानी पुग्ने इस्ट्रीमेट गरिएको छ । हाल थारमारे बजार, मिलन डाँडा, बागचाैर र जिउँला मा ४०० घरधुरी मा पानी पुग्ने संरचना निर्माण गरिएको छ । ट्याक्कि ३, डिपिङ ट्यांकी १, भवन १, ४ किमी मुल पाइप विस्तार भइसकेका छन् भने २२५ जना उपभोक्ताहरुले सदस्यता लागिसकेको र  ११३ वटा धारा बिस्तार भइसकेको प्रतिवेदनमा उल्लेख गरिएको छ । लेखा अडिटको प्रतिवेदन अनुसार आर्थिक वर्ष ०७८/७९ बमोजिम समितिको आन्तरिक आय व्यय खर्च सात लाख चौवालिस हजार सात सय भएको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै भेलाले बागचौर लिफ्ट खानेपानी आयोजनालाई भावि दिनमा दिगो राख्नलाई निति नियम समेत बनाएको छ । जसमा पञ्चवर्षिय योजना (मास्टर पलान) २०८० देखि २०८५ , विधान २०८०, कर्मचारी तथा आर्थिक नियामवली २०८० , कार्य सम्पादन ऐन २०८०, खरिद ऐन २०८०, सुसान ऐन २०८० रहेका छन् । 

जिल्ला खानेपानी सिचाई तथा उर्जा विकास कार्यलयले समितिलाई योजना हस्तातरण गरेपछि सम्पूर्ण आय-व्यय प्रस्तुत गरिने प्रतिवेदनमा उल्लेख गरिएको छ । यस्तै  भेलाले जनश्रमदानको खर्च विवरण आउन बाकी रहेको बागचौर लिफ्ट खानेपानी आयोजनालाई प्रवाभकारी रुपमा कार्य सम्पादन गर्नको लागि उपभोक्ताहरूको अपनत्त्वको लागि सदस्यता शुल्क, चन्दा, दान, मिटरको महशूललाई व्यवस्थीत गर्ने निती अवलम्वन समेत गरेको छ ।

कार्यक्रममा बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतम, नगर उपप्रमुख सुम्निमा डि.सी. वली, बागचाैर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष दिपेस डि.सी., बागचौर लिफ्ट खानेपानी आयोजनाका अध्यक्ष ज्ञानेश्वर के.सी. , राजनीतिक दलका प्रमुख तथा प्रतिनिधीहरु, जिल्ला खानेपानीका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, सञ्चारकर्मीहरु, शिक्षक, ब्यापारी, बागचाैर बजार, थारमारे बजार, जिँउला र मिलन डाँडाका उपभोक्ताहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन समितिका सदस्य रेशम भण्डारीले गर्नुभएको थियो ।


प्रकाशित मिति: २५ चैत्र २०७९, शनिबार २०:५२

प्रतिक्रिया दिनुहोस्