Logo

८ श्रावण २०८३, शुक्रबार

बागचौरमा अनसन तोडियो : रुद्र मधु डि.सी. ले सबैलाई भ्रमीत पारेको वार्ता टोलिको निष्कर्ष


खबर ग्यालरी


वैशाख २, सल्यान ।
सल्यानको बागचाैर नगरपालिकाको बागचाैरमा अनसनमा बस्नुभएका वडा नम्बर २ लस्तम निवासी रुद्र मधु डि.सी. ले अनसन तोड्नुभएको छ ।

बागचौर नगरपालिका वडा नम्बर २ अग्ला टाकुरा भ्यू टावरमा रहेको मन्दिर नजिकै संरचनाहरु निर्माण भएकोमा  बजेट प्राप्त नभएको बताउँदै स्थानीय लस्तम निवासी रुद्र मधु डि.सी. हिजोबाट अनसन बस्नुभएको थियो ।

तर यता बागचाैर नगरपालिकाबाट सम्पुर्ण रकम भुक्तानी भएको पाइएको छ । अनसन बस्नुभएका रुद्र मधु डि.सी. ले बागचाैर नगरपालिकाबाट सम्पुर्ण रकम भुक्तानी लगेको तर रुद्र मधु डि.सी. ले तिर्नुपर्ने रकम सम्बन्धित ठाउँमा नतिरेको समेत पाइएको छ । रुद्र मधु डि.सी. ले दिएको जानकारी गलत भएको र उहाँले दिएको हिसाबमा सबै दोब्बर राखिएको समेत पाइएको छ ।

अनसन बसेको खबर पाएपछि बागचौर नगरपालिकाका नगर प्रमुख जनकराज गौतम, उप-प्रमुख सुम्निमा डि.सी. वली, वडा नं. २ का अध्यक्ष एवं नगर प्रवक्ता दिपेश डि.सी. उक्त स्थानमा गई अनसनमा बस्नुभएका रुद्र मधु डि.सी. का मागहरुको बारेमा जानकारी लिनुभएको थियो ।

त्यसलगत्तै नगर सरकार र अनसनवालाको वार्ता टोलि बसेर डि.सी. का मागहरुको सम्बोधन गरेको थियो । डि.सी. ले देखाएको १४ लाख ३० हजार ऋण भने पारदर्शी नभएको पाईएकोले बागचाैर नगरपालिकाबाट भुक्तानी भएको रकम र सहयोगबाट उठेको रकम स्पष्ट खर्च कहाँ-कहाँ भएको भनी देखाउन र त्यसपछि पनि नपुगेको अवस्थामा आफुहरुले सक्दो सहयोग गर्ने तर सम्झौता बिनाको कामको नगरपालिकाबाट कुनै पनि भुक्तानी गर्न नसकिने समेत नगर प्रवक्ता दिपेश डि.सी. ले जानकारी दिनुभयो । जनताबाट उठेको रकममा नै पारदर्शिता नदेखिए पछि जायज माग गर्नुपर्ने तर हचुवाको भरमा काम नगर्न भन्दै नगरपालिकाको बिनाअर्थ यस्ता हर्कत गरि बदनाम गराउनु ठिक नभएको उहाँको भनाइ छ ।

अनसनमा बस्दा मनोमानी तरिकाले योजना नै नभएको कामको समेत नक्कली रकम हालेको र सबैलाई भ्रमीत पारेको समेत वार्ता टोलिले निष्कर्ष निकालेको थियो । यस्तै वार्ता टोलिले गरेको कुराकानीको रेकर्ड समेत खबर ग्यालरी सँग सुरक्षित छ ।


प्रकाशित मिति: २ बैशाख २०८०, शनिबार २१:४१

प्रतिक्रिया दिनुहोस्