Logo

८ श्रावण २०८३, शुक्रबार

सल्यानमा जिप दुर्घटना : ५ जना घाइते


खबर ग्यालरी


वैशाख ११, सल्यान ।
सल्यानमा जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । जिल्लाको राप्ती लोकमार्ग अन्तर्गत छत्रेश्वरी गाउँपालिका ६ कल्लेखोला मोडमा सोमबार साझ ४ बजे जिप दुर्घटना भएको हो । 

सल्यानको फलाबाङबाट श्रीनगर आउँदै गरेको लु १ ज ९७२७ नम्बरको डबलक्याप जिप अनियन्त्रित भई दुर्घटना हुदा शारदा नगरपालिका १२ अम्रईटाकुराकी ५८ वर्षीया गोमा बोहरा, २९ वर्षीय सागर बोहरा, ३८ वर्षीया कमला बुढाथोकी ३३ वर्षीय गोविन्द बोहरा र ४३ वर्षीय गोपिलाल बोहरा घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

घाइते सबैको श्रीनगर स्थित कान्तिपुर सामुदायिक अस्पतालमा उपचार भइरहेको र घाइते मध्य गोमा बोहराको अवस्था गम्भीर रहेको र अन्यको अबस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनुभयो ।

अनियन्त्रित भइ भित्तामा ठोक्किएको जिप सडकमा नै पल्टिएको छ । जिप चालक शारदा नगरपालिका १२ का राजेश बोहरा फरार रहेको र उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 


प्रकाशित मिति: ११ बैशाख २०८०, सोमबार १९:२३

प्रतिक्रिया दिनुहोस्