Logo

२५ बैशाख २०८१, मंगलवार

सल्यानको श्रीनगरमा युवा सम्मेलन सम्पन्न : यस्तो छ युवा सम्मेलनको निष्कर्ष


बामदेव के.सी.


जेठ ७, सल्यान ।
सल्यानको श्रीनगरमा दुई दिने प्रथम युवा सम्मेलन सम्पन्न भएको छ ।

परिणाम नेपालको आयोजना, शारदा नगरपालिका र राष्ट्रिय युवा परिषद्को सहकार्य तथा सल्यान दृष्टिकोणको समन्वयमा भएको दुई दिने युवा सम्मेलन हिजो शनिबार श्रीनगरमा सम्पन्न भएको हो ।

जेठ ५ गते र ६ गते जिल्लाको शारदा नगरपालिका १ श्रीनगरमा युवा सम्मेलनमा जिल्लाका दश वटै पालिकाबाट युवायुवतिको सहभागितामा युवा सम्मेलन गरिएको हो । 

युथ भिजन २०२५ अनुसारका आधार स्तम्भमा आधारित कृषि, युवा उद्यमशिलता, सुचना प्रविधिबारे कानुनी तथा नीतिगत विषयमा विषयविज्ञबाट दुई दिने कार्यक्रममा प्रशिक्षण प्रदान गरिएको परिणाम नेपालका संयोजक युवराज खड्काले जानकारी दिनुभयो । 

खबर ग्यालरी सँग कुरा गर्दै परिणाम नेपालका संयोजक युवराज खड्काले यो कार्यक्रमलाई एउटा उत्कृष्ट बहसको रुपमा र सकारात्मक परिणामको थालनीका रुपमा हेर्नुपर्ने बताउनुभयो ।  युवाहरुलाई स्थानीय निति निर्माणमा कानुनले दिएका अधिकारहरु र सिमाहरुलाई उपयोग गरि स्थानीय सरकार सँग जोड्नुपर्ने र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने नै यो कार्यक्रमले निष्कर्ष निकालेको छ उहाँले भन्नुभयो ।

साथै उद्यमशीलताका सवालमा र युवा सरोजगारका सवालमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारलाई ध्यानाकर्षण गराउने र मागहरू प्रस्तुत गर्ने नै यो सम्मेलनको मुख्य उपलब्धि रहेको उहाँले बताउनुभयो ।

दुई दिन सम्म चलेको युवा सम्मेलनमा उद्यमशिलताका विषयमा नयाँ कुरा सिकाउने उद्देश्यले रास्ट्रिय आविष्कार केन्द्रका डाक्टर महावीर पुनले भर्चुअल माध्यमबाट प्रशिक्षण दिनुभएको थियो । यस्तै आइएलओ का नेसनल प्रोग्रामका कार्यक्रम संयोजक प्रकाश शर्माले युवा उद्यमशीलताका विषयमा प्रशिक्षण दिनुभएको थियो ।

यस्तै शौक्षिक बहसमा जिल्लाको समग्र वर्तमान शैक्षिक अबस्था र भावि रणनीतिका बारेमा जिल्ला स्थित शैक्षिक व्यक्तित्व सुरेन्द्र बस्नेत, विर बहादुर सेजवाल,पुरुषोत्तम गिरी, धर्मराज घर्ती लगायतले शैक्षिक बहस गर्नुभएको थियो । शौक्षिक बहस कार्यक्रममा सम्रग जिल्लाको शैक्षिक अवस्था बारे सरकारले गर्नुपर्ने कार्य, क्षिक्षकले खेल्नुपर्ने भूमिका, स्थानीय सरकारले अबलम्बन गर्ने कार्य लगायतका विषयलाई जोडेर जिल्लाको शैक्षिक अवस्था बारे बहस गरिएको थियो ।

यस्तै कार्यक्रममा जनप्रतिनिधि सँग युवा सेसनमा शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारी, कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा पुन,विभिन्न पालिकाका अन्य जनप्रतिनिधिहरु, विभिन्न विद्यार्थी संगठनका अध्यक्षहरु लगायतको उपस्थति रहेको थियो । यस्तै युवा सम्मेलनमा जिल्ला प्रहरी कार्यलय सल्यानको सहकार्यमा लागू पदार्थ दुर्व्यसनी नियन्त्रण सम्बन्धी जनचेतना कार्यक्रम समेत चलाएको थियो । युवा सम्ममेलनमा निराजन मावीको गीति नाटक समेत प्रस्तुत गरिएको थियो ।

दुई दिन सम्म चलेको युवा सम्मेलनमा पूर्व संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री टेक बहादुर बस्नेत, जिल्ला समन्वय समिति सल्यानका प्रमुख बेलाराम रावल, शारदा नगरपालिकाका नगरप्रमुख प्रकाश भण्डारी, कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा पुन, सल्यान जिल्लाका विभिन्न पालिकाका अन्य जनप्रतिनिधिहरु, समृद्ध सल्यान निर्माण अभियानका अभियान्ता धुर्वराज वली, परिणाम नेपालका संयोजक युवराज खड्का, सल्यान जिल्लाका दश वटै पालिकाबाट सहभागी भएका युवायुवती, शिक्षक, पत्रकार, बुद्धिजीवी लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: ७ जेष्ठ २०८०, आईतवार ०७:१८

प्रतिक्रिया दिनुहोस्