Logo

६ जेष्ठ २०८१, आईतवार

खबर ग्यालरी डटकमको प्रथम बार्षिकोत्सव आज


खबर ग्यालरी


असार १२, सल्यान ।
सल्यानको बागचाैर नगरपालिका वडा नम्बर २ बागचाैरबाट सञ्चालित खबर ग्यालरी डटकम दोस्रो बर्षमा प्रवेश गरेको छ ।

२०७९ साल असार १२ गतेदेखि आफ्नो गतिविधि प्रारम्भ गरेको खबर ग्यालरी डटकम पहिलो बर्ष पुरा गरेर दोस्रो बर्षमा प्रवेश गरेको हो ।

राष्ट्र र समाजको सर्वाङ्गीण विकासको लागि सूचना र विकासको मूल प्रवाहमा सरिक भई राष्ट्र र समाज निर्माणको बाटोमा अग्रसर हुन र गराउने उद्धेश्यका साथ खबर ग्यालरी मिडिया हाउस प्रालिले खबर ग्यालरी डटकम सञ्चालन गरेको हो ।

विभिन्न समुदायमा सत्यमा आधारित सँगै तथ्यमा आधारित समाचार तथा सूचनाको पहूँच पुर्याइ सोही बमोजिम विभिन्न स्थानिय स्थतरमा हुने सामाजिक, आर्थिक, प्राकृतिक, धार्मिक एवम् सांस्कृतिक गतिविधि सँगै जनचेतना मुलक वा सूचनामुलक तथा विकास र विभिन्न घटना सँग सम्बन्धित सत्यतथ्य समाचार, तस्विर तथा सूचना समुदायसम्म पुर्‍याइ समुदायको चौतर्फी विकासमा टेवा पुर्‍याउने यो अनलाइनको मुख्य उद्देश्य रहेको खवर ग्यालरी डटकमका सम्पादक बामदेव के.सी. ले जानकारी दिनुभयो ।

पहिलो बार्षिकोत्सवको अबसरमा कुनैपनि औपचारिक कार्यक्रम तय नगरिएको खबर ग्यालरी डटकमले जनाएको छ ।

साथै पहिलो बार्षिकोत्सवको अबसरमा यहाँसम्म आउन सहयोग गर्ने सरोकारवाला, पाठक, विज्ञापनदाता लगायत सबैप्रति हार्दिक आभार प्रकट गरिएको समेत खबर ग्यालरी डटकमले जनाएको छ ।


प्रकाशित मिति: १२ असार २०८०, मंगलवार १७:२९

प्रतिक्रिया दिनुहोस्