Logo

८ श्रावण २०८३, शुक्रबार

सल्यान फोर्स गाडी दुर्घटना अपडेटः २ जनाको मृत्यु १४ घाइते


खबर ग्यालरी


सल्यान, ४ भदौँ ।

रुकुमको नुवाकोटबाट नेपालगन्ज तर्फ जादैँ गरेको फोर्स गाडी सल्यानमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने  १४ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा सल्यान दार्मा गाउँपालिका २ का ३६ वर्षीय खुम बहादुर खत्री भन्ने ओम्पत खत्री र रुकुम पश्चिम सानोभेरी गाउँपालिका ११ का ६० वर्षीय कमारो कामी रहेका छन् । दुवै जनाको दाङ तुलसीपुर स्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

सोमबार दिउँसो राप्ती राजमार्ग अन्तर्गत कपुरकोट गाउँपालिका ३ आगरखोलामा  लु २ ख ५७३१ नम्बरको फोर्स गाडी दुर्घटना भएको थियो । 

यस्तै दुर्घटनामा परी सल्यान दार्मा गाउँपालिका २ का ६० वर्षीय खिर्म खत्री, शोही ठाउँकी ४१ वर्षीया रुपा केसी, थानागाउँका ५१ वर्षीय टिकाराम केसी, उहाँको १८ वर्षीय छोरा मान बहादुर केसी, रमेश केसी, रुकुम पश्चिमकी ४० वर्षीया विमलादेवी पुन, रुकुम त्रिवेणी गाउँपालिका ७ की ५० वर्षीया गौमती खड्का, सानोभेरी गाउँपालिका ११ का २६ वर्षीय पुष्कर रसाइली घाइते रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

यस्तै रुकुम चौरजहारी नगरपालिका १२ का ४६ वर्षीय पल बहादुर खड्का, १६ वर्षीया निर्मला राना, सल्यान दार्मा गाउँपालिका ५ का १६ वर्षीया रमिता चन्द, रुकुम सानोभेरी गाउँपालिका ११ का २० वर्षीय भुपाल विक., सल्यान दार्मा गाउँपालिका १ किमटाकुराका ३२ वर्षीय इन्द्र बहादुर केसी दुर्घटनामा परी घाइते रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिनुभयो । 

अहिले अन्य घाइतेहरुको प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ भने अन्य ३ जना घाइतेलाई उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ । फोर्स गाडी चालक भने अझै फरार रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।  


प्रकाशित मिति: ४ भाद्र २०८०, सोमबार १८:५४

प्रतिक्रिया दिनुहोस्