Logo

२४ बैशाख २०८१, सोमबार

सल्यानको थारमारेमा आँखा शिविर सम्पन्न

शिविर अवधिभर ९२१ जनाले आँखा जाँच गराएको बताउदै, अब चाँडै महिलाहरुको स्वास्थ्य समस्या सम्बन्धि शिविरको आयोजना गरिने समेत नगर प्रमुख जनकराज गौतमले जानकारी दिनुभयो ।


खबर ग्यालरी


सल्यान, १८ मंसिर । 
सल्यानको बागचाैर नगरपालिकाको जनकल्याण क्याम्पस परिसर थारमारेमा आँखा सम्बन्धी नि:शुल्क मोतिविन्दु छनाैट तथा नि:शुल्क मोतिविन्दु शल्यक्रिया शिविर सम्पन्न भएको छ ।

बागचाैर नगरपालिकाकाे आयोजना, राप्ति आँखा अस्पताल रक्षाचौर दाङकाे प्राबिधिक सहयोग, नेपाल नेत्र ज्योति संघ, एकिकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेश नेपालकाे आर्थिक सहयोगमा भएको आँखा सम्बन्धि निःशुल्क मोतिविन्दु शल्यक्रिया शिविरमा ९२ जनाको मोतिविन्दु शल्यक्रिया गरिएको हो ।

बागचौर नगरपालिका भित्रका विभिन्न स्वास्थ्य संस्थाहरुमा मंसिर १३ गते देखी १५ गतेसम्म निःशुल्क मोतिविन्दु छनोट शिविर संचालन गरिएको थियो । शिविरमा ३२२ महिला र २५६ पुरुष गरि जम्मा ५७८ जनाको आँखा जाँच गरेकाेमा १२० जनामा मोतिविन्दुको समस्या भएको पाइएको थियाे।

मंसिर १६ र १७ गते जनकल्याण क्याम्पस थारमारेमा निःशुल्क मोतिविन्दुको शल्यक्रिया शिविर संचालन गरिएको थियो । शिविरमा १५७ पुरुष र १८६ महिला गरि जम्मा ३४३ जनाले आँखा जाँच गराएका थिए । जसमध्ये ९७ जनाको ल्याव परिक्षण गरिएको थियो । ल्याव रिपोर्ट अनुसार ५ जना बाहेक पुरुष ४२ र महिला ५० गरी ९२ जनाको मोतिविन्दु सफल शल्यक्रिया गरिएको थियो । ५ जनाको मोतिविन्दु शल्यक्रियाका लागि राप्ति आँखा अस्पताल रक्षाचौर दाङ्गमा सिफारिस समेत गरिएको छ ।

बागचौर नगरपालिका भित्र आँखा सम्बन्धि समस्या भएका निम्न वर्गका नागरिकहरुलाई सहज रुपले निःशुल्क रुपमा आफ्नै घर नजिकै सेवा दिने उदेश्यले शिविरको आयोजना गरिएको बागचौर नगरपालिकाका नगर प्रमुख जनकराज गौतमले जानकारी दिनुभयो । आफ्नै घर नजिक निःशुल्क रुपले आँखा सम्बन्धि सेवा दिन पाउदा नागरिकहरुमा छाएको खुशी देख्दा आफुलाइ पनि खुशी मिलेको उहाँको भनाइ छ ।

शिविर अवधिभर ९२१ जनाले आँखा जाँच गराएको बताउदै, अब चाँडै महिलाहरुको स्वास्थ्य समस्या सम्बन्धि शिविरको आयोजना गरिने समेत नगर प्रमुख जनकराज गौतमले जानकारी दिनुभयो ।

शिविरमा मोतिविन्दुको शल्यक्रिया सहित आँखा परीक्षण, औषधी वितरण लगायत आँखा सम्बन्धि अन्य उपचार नि:शुल्क रुपमा गरिएको थियो ।


प्रकाशित मिति: १८ मंसिर २०८०, सोमबार १८:३१

प्रतिक्रिया दिनुहोस्