Logo

२५ बैशाख २०८१, मंगलवार

बागचाैरको वडा नं. १ मा १४६ माटाेको नमुना परीक्षण


खबर ग्यालरी


चैत १, सल्यान ।
किसानहरुको उत्साहपूर्ण सहभागितामा बागचौर नगरपालिका १ नं. वडा कार्यालय पनेरीखोला सल्यानमा माटो परीक्षण सम्पन्न भएको छ ।

एकीकृत कृषि प्रयोगशाला सुर्खेतको आयोजना तथा बागचौर नगरपालिका १ नं. वडा कार्यालय पनेरीखोला सल्यानको समन्वय तथा सहकार्यमा उक्त माटो परिक्षण शिविर आज विहीबार सम्पन्न भएको हो ।

बागचौर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष गंगाराम बस्नेतको अध्यक्षता, एकीकृत कृषि प्रयोगशाला सुर्खेतका सुचना अधिकारी तथा माटो शाखा प्रमुख प्रयोग बहादुर शाही, नाप्रास डिलराज मल्ल तथा बागचौर नगरपालिकाका नाप्रास विनोद वलि, वडा सदस्य लक्ष्मी लामिछानेको आतिथ्यता लगायत वडाबासी किसानहरुको उल्लेख्य सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

वडामै माटो परिक्षण लगायतका क्रियाकलापले किसानमा उत्साह पैदा गरेको किसानहरुले प्रतिक्रिया जनाएका छ्न । कृषिलाई आधुनिक तथा व्यावसायिक बनाउनका लागि आफुले सक्दो प्रयास गर्ने वडा अध्यक्ष गंगाराम बस्नेतले प्रतिवद्वता जनाउनु भएको छ ।

माटो परीक्षण कार्यक्रममा १४६ वटा माटोको नमुना परिक्षण गरिएको बागचाैर नगरपालिका वडा न. १ का सचिव हेमन्त बस्नेतले जानकारी दिनुभयो ।

माटो परिक्षणमा अधिकांश नमुनाको परीक्षण गर्दा अम्लिय पाइएकोले कृषि प्राविधिकको सल्लाहमा कृषि चुनाको प्रयोग गर्नका लागि माटो शाखा प्रमुख प्रयोग बहादुर शाहिले सुझाव समेत दिनुभएको छ ।


प्रकाशित मिति: १ चैत्र २०८०, बिहीबार २०:०४

प्रतिक्रिया दिनुहोस्