Logo

७ श्रावण २०८३, बिहीबार

टी-२० विश्वकप : नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै


खबर ग्यालरी


जेठ २२,सल्यान

आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत नेपालले आज आफ्नो पहिलो खेल नेदरल्यान्ड्सविरूद्ध खेल्दैछ।

अमेरिकाको डालासस्थित ग्रान्ड प्रिएरी क्रिकेट रंगशालामा हुने खेल नेपाली समय अनुसार राति ९:१५ बजे सुरु हुनेछ । नेपालले १० वर्षपछि विश्वकप खेल्न लागेको हो ।

दुवै टोली जितसँगै यात्रा सुरु गर्न चाहन्छन्। यी दुई टोली बीच हालसम्म १२ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल भइसकेका छन् र स्थिति लगभग बराबरीको छ। नेदरल्यान्ड्सले ६ खेल जितेको छ भने नेपालले पाँच खेल जितेको छ। एक खेलको नतिजा आएको थिएन ।

ट्वान्टी–२० विश्वकपमा भने दुवै टोली पहिलो पटक भिड्दैछन्।


प्रकाशित मिति: २२ जेष्ठ २०८१, मंगलवार ०७:१४

प्रतिक्रिया दिनुहोस्