Logo

६ श्रावण २०८३, बुधबार

सल्यानका ३ पालिकाका नगर प्रहरीको दिक्षान्त समारोह सम्पन्न


खबर ग्यालरी


जेठ २२, नेपालगन्ज ।

सल्यानका ३ पालिकाका नगर प्रहरीको दिक्षान्त समारोह सम्पन्न भएको छ ।

मंगलवार शारदा नगरपालिकाका नगरप्रमुख प्रकाश भण्डारीको प्रमुख आतिथ्यतामा कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगन्ज) मा भएको समारोहमा शारदा नगरपालिका, बागचौर नगरपालिका र सिद्ध कुमाख गाउँपालिकाका २४ जना नगर प्रहरी दिक्षित भएका हुन ।

उक्त समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख भण्डारीले नवप्रवेसी नगर प्रहरीहरुलाई बधाई तथा शुभकामना दिदै पालिकाको सुरक्षा तथा सुब्यबस्था कायम गर्न इमान्दार भएर लाग्न निर्देशन दिनुभयो ।

तालिम केन्द्रका सह-समादेशक प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीको स्वागत मन्तब्य रहेको समारोहमा बिशिस्ट अतिथिको रुपमा बागचौर नगरपालिकाका नगरप्रमुख जनकराज गौतम, सिद्धकुमाख गाउँपालिकाका अध्यक्ष भरत गिरी, उपाध्यक्ष राम बहादुर बस्नेत रहनु भएको थियो ।

समारोहका प्रमुख अतिथि तथा बिशिस्ट अतिथिबाट नगर प्रहरीहरुलाई पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गरिनुका साथै ३ वटै पालिकाको तर्फ बाट तालिम केन्द्रलाइ सम्मान पत्र हस्तान्तरण गरिएको थियो ।

कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगञ्ज) का प्रमुख प्रहरी बरिस्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले समारोहमा उपस्थित प्रमुख अतिथि, बिशिस्ट अतिथि, प्रहरी परिवार र नगर प्रहरीहरुलाइ धन्यवाद ज्ञापन गर्नुभएको थियो ।


प्रकाशित मिति: २२ जेष्ठ २०८१, मंगलवार १५:५९

प्रतिक्रिया दिनुहोस्