Logo

६ श्रावण २०८३, बुधबार

सल्यानमा २३ वर्षिया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ  


खबर ग्यालरी


साउन ८, सल्यान । 

सल्यानमा २३ वर्षिया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा दुई जना व्यक्ति पक्राउ परेका छन् ।

जाजरकोट जुनीचाँदे गाउँपालिका वडा न. ८ घर भई हाल सल्यान जिल्ला बनगाड कुपिण्डे नगरपालिका वडा नं. १ देवसथल बस्ने बर्ष २२ का मान बहादुर रावत र  बनगाड कुपिण्डे नगरपालिका वडा नं. १ का बर्ष २४ का बसन्त बुढा जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी प्रहरी निरीक्षक रेशम बहादुर खत्रीले जानकारी दिनुभयो ।

गत असार ३१ गते अन्दाजी राति १२:०० बजेको समयमा पिडित महिला आफ्नो नावालक छोरा सहित सल्यान जिल्ला बनगाड कुपिण्डे नगरपालिका वडा न.१ बरेली स्थित आफ्नो माईतीघरको कोठामा निदाएको अवस्थामा निज जबरजस्ती करणीका आरोपितहरुले जबरजस्ती घिसार्दै कोठा बाहिर बार्दलीमा ल्याई जबरजस्ती करणी गरेको, पुनः निजहरु मध्येका १ जना प्रतिवादीले उक्तठाउँबाट जबरजस्ती घिसार्दै तानेर घर देखि ३० फिट पश्चिम शौचालय नजिकै रहेको खाली जग्गामा लगेर जबरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

महिलालाई जबरजस्ती गरेर फरार रहेका ३ जना विरुद्ध उक्त महिलाले जाहेरी दरखास्त दिएपछि सल्यान जिल्ला अदालतबाट पक्राउ पुर्जी अनुमति लिई खोजतलास गर्दैजाने क्रममा उनिहरु साउन २ गते सल्लीबजार बाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।  

२३ वर्षिया महिला जबरजस्ती करणीका अर्का एकजना फरार प्रतिवादीको पनि खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 


प्रकाशित मिति: ८ श्रावण २०८१, मंगलवार १६:१८

प्रतिक्रिया दिनुहोस्