Logo

७ श्रावण २०८३, बिहीबार

आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत आज नेपाल र क्यानडा खेल्दै


खबर ग्यालरी


काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत क्यानडा भ्रमणमा रहेको नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै छ । गत फेब्रुअरीमा नेपालमा भएको लिग-२ प्रस्चात र टी-२० विश्वकपपछि नेपालले अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो ।

नेपालमा भएको लिग-२ को ओडीआई खेलमा नेपालले नामिबिया र नेदरल्यान्ड्सविरुद्ध सम्मान दुई खेल खेलेको थियो । जसमा नामिबियासँग दुबै खेलमा हार र नेदरल्यान्ड्सविरुद्ध १–१ जित र हार व्यहोरेको थियो ।

नेपाल, नामिबिया, नेदरल्यान्डस्, स्कटल्यान्ड, ओमान, युएई, क्यानडा र अमेरिकाबीच २०२६ डिसेम्बरसम्म लिग–२ मा प्रतिस्पर्धा चल्नेछ । एउटा देशले घरेलु मैदानमा तीन र विदेशी भूमिमा ६ त्रिकोणात्मक सिरिज खेल्नेछन् । हरेक देशले समान ३६ खेल खेल्नेछन् । एउटा सिरिजमा तीन देशबीच प्रतिस्पर्धा हुनेछ । शीर्ष चार टोलीले २०२७ मा हुने एकदिवसीय विश्वकप छनोट खेल्न पाउनेछन् । बाँकी चार टोलीले विश्वकप छनोट खेल्न प्लेअफ खेल्नुपर्छ । सोझै ओडीआई मान्यता जोगाउन शीर्ष पाँचमा पर्नुपर्ने हुन्छ ।

लिग-२ मा हालसम्म नेपाल ४ खेलमा १ मा जित र ३ मा हारसहित सातौं स्थानमा छ । नेदरल्यान्ड्स ८ खेलमा ६ मा जित र २ मा हारसहित १२ अंकका साथ शीर्ष तथा स्कटल्यान्ड ७ खेलमा ४ मा जित र २ मा हार र १ खेल नतिजा विहीन हुँदा ९ अंकका साथ दोस्रो स्थानमा छ ।

यस्तो छ लिग–२ को अंक तालिका

यस्तो छ लिग–२ मा नेपालको क्यानडामा हुने खेल तालिका

सबै खेल नेपाली समय अनुसार साँझ ७ : ४५ मा हुनेछन् ।


प्रकाशित मिति: ३१ भाद्र २०८१, सोमबार ०७:३१

प्रतिक्रिया दिनुहोस्