Logo

१० श्रावण २०८३, आईतवार

नेपाल पत्रकार महासंघ सल्यानको अध्यक्षमा डिल्लीराज रावत निर्वाचित


खबर ग्यालरी


मंसिर २८ ,सल्यान ।
नेपाल पत्रकार महासंघ सल्यान शाखाको शुक्रबार भएको निर्वाचनमा डिल्लीराज रावत अध्यक्षमा निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्धन्द्धी तिलक वलीलाई १० मतले पछि पार्दै रावत निर्वाचित हुनुभएको हो।

नेपाल पत्रकार महासंघ सल्यानकाे निर्वाचनमा प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संगठन र जन पत्रकार संगठनको संयुक्त प्यानल नै विजयी भएको हो ।

निर्वाचन अधिकृत चन्द्रप्रकास वलीका अनुसार डिल्लीराज रावत अध्यक्ष, शिव डागी उपाध्यक्ष, बुद्धि पुन सचिव, इन्द्रबहादुर  बुढाथोकी खुल्ला सहसचिव, खेमराज स्वर्णकार समावेशी सहसचिव, खकेन्द्र केसी काेषाध्यक्षमा निर्वाचित हुनुभएको हो । यस्तै सदस्यमा अमृत कुमार बुढाथोकी, महेश कुमार वली, नवीन रावत र लिला कुमारी वली निर्वाचित हुनुभएको हो ।

यस्तै दिपसागर भन्डारी केन्द्रिय परिषद सदस्यमा निर्वाचित हुनुभयो भने महिला उपाध्यक्षमा पुस्पारिजन डि.सी. निर्विरोध निर्वाचित हुनुभएको थियो । केन्द्रिय परिषद सदस्यमा अस्मिता गिरी, महिला सदस्यमा करिसमा गिरी, समाबेशी सदस्यमा राम प्रसाद शर्मा, प्रदेश परिषद सदस्य अन्तर्गत खुल्लाबाट जित प्रसाद आचार्य, समाबेशी तर्फ झरना चन्द अर्पन, नोखिराम थापा, खिमा बोहरा निर्विरोध निर्वाचित हुनु भएको थियो ।

यस्तो छ नेपाल पत्रकार महासंघ सल्यान शाखाको अन्तिम मत परिणाम :-

अध्यक्ष
डिल्लीराज रावत : ३५ (विजयी)
तिलक वली : २५

उपाध्यक्ष
शिवलाल डाँगी : ३६ (विजयी)
सन्तोष घर्ति : २४

सचिव
बुद्धिमान पुन : ३४ (विजयी)
सन्जिव देवकोटा : २६

सहसचिव
इन्द्र बहादुर बुढाथोकी : ३९ (विजयी)
उत्तर कुमार शाहु : २१

समावेशी सहसचिव
खेमराज स्वर्णकार : ३२ (विजयी)
चुडामणि पुन : २८

कोषाध्यक्ष
खकेन्द्र केसी : ३७ (विजयी)
आशिष केसी : २३

खुल्ला सदस्य
अमृत कुमार बुढाथोकी : ४९ (विजयी)
प्रसिद्ध डाँगी : ३२
लिला कुमारी वली : ३५ (विजयी)
अमृत प्रसाद शर्मा : २२
नवीन रावत : ३५ (विजयी) 
महेश कुमार वली : ४१ (विजयी)

केन्द्रीय परिषद सदस्य
टीका राम भण्डारी : ३९ (विजयी)
मीन प्रसाद रेग्मी : १८


प्रकाशित मिति: २८ मंसिर २०८१, शुक्रबार १९:५५

प्रतिक्रिया दिनुहोस्