पुस २४, सल्यान ।
सल्यानमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। छत्रेस्वरी गाउँपालिका १ भालुमारेदेखि मयानीतर्फ कम्पोष्ट मल बोकेर जादै गरेको लु.प्र. ०२०० त ००१२ नम्बरको ट्र्याक्टर बुधबार विहान ८:३० मा उछिट्टेगौरामा दुर्घटना हुँदा छत्रेस्वरी गाउँपालिका १ का ४९ वर्षिय क्षेत्रबहादुर केसीको मृत्यु भएको हो ।
केसीको घटनास्थलमै मृत्यु भएको र मृतकको सव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान पठाइएको छत्रेस्वरी गाउँपालिका १ का वडाध्यक्ष प्रकाश हमालले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक केसरकुमार न्यौपानेका अनुसार ट्र्याक्टरमा चार जना सवार रहेकामा केसी ट्रलीमा बसेकाले ट्र्याक्टर दुर्घटनामा पर्दा ट्रलीमा च्यापिएर मृत्यु भएको र अगाडि बस्ने कसैलाई पनि चोटपटक नलागेको उँहाले जानकारी दिनुभयो।
ट्र्याक्टर चालक बागचौर नगरपालिका ९ बस्ने बर्ष ३५ का सुरेश चन्द फरार रहेका र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
प्रकाशित मिति: २४ पुष २०८१, बुधबार १२:२८

