Logo

७ श्रावण २०८३, बिहीबार

नेपाल शिक्षक महासंघ जिल्ला समिति सल्यानले बुझायो ध्यानाकर्षण तथा जानकारी पत्र


खबर ग्यालरी


फागुन १०, सल्यान ।
नेपाल शिक्षक महासंघ जिल्ला समिति सल्यानले ध्यानाकर्षण तथा जानकारी पत्र बुझाएको छ । हिजो शुक्रबार शिक्षा विकास तथा समन्वय इकाइ सल्यानमा ध्यानाकर्षण तथा जानकारी पत्र बुझाइएको हो ।

विगतमा सरकार सँग भएका सबै सहमती सम्बोधन हुने गरी विद्यालय, विद्यार्थी, शिक्षक-कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी नभएपछि हिजो शुक्रबार शिक्षा विकास तथा समन्वय इकाइ सल्यानमा ध्यानाकर्षण तथा जानकारी पत्र बुझाइएको नेपाल शिक्षक महासंघ जिल्ला समिति सल्यानका अध्यक्ष लक्ष्मीनारायण के.सी. ले जानकारी दिनुभयो ।

नेपाल शिक्षक महासंघले गर्ने आन्दोलन विद्यालय शिक्षा ऐन जारी नभएसम्म नरोकिने र आम नेपाली विद्यार्थी, शिक्षक र कर्मचारीको न्यायिक मागहरु सम्बोधन हुने गरी शिक्षा ऐन जारी गराउने उद्देश्यका साथ आफूहरू अघि बढेको उहाँको भनाइ छ ।

मिति २०८१ माघ १६ र १७ गते बसेको राष्ट्रिय समितिको बैठकको निर्णय अनुसार पहिलो चरणका आन्दोलनका कार्यक्रम अन्तर्गत आन्दोलन अघि वढ्दै जाँदा आगामी चरणमा अवरोधात्मक, अवज्ञा (बहिष्कार) र काठमाडौं केन्द्रित सडक आन्दोलनका कार्यक्रमहरु लिएर अघि बढ्ने नेपाल शिक्षक महासंघ जिल्ला समिति सल्यानका अध्यक्ष लक्ष्मीनारायण के.सी. र सचिव शिवलाल भट्टराइले संयुक्तरूपमा हस्ताक्षर गरिएको ध्यानाकर्षण तथा जानकारी पत्रमा उल्लेख गरिएको छ ।

२०७५ देखि २०७८ साल र २०८० सालमा संचालित आन्दोलनको बलमा नेपाल सरकारसँग महत्वपूर्ण सहमतीहरू भएको र विगतमा भएका सबै सहमती सम्बोधन हुने गरी शीघ्रातीशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्ने कामबाट राज्य अझै अनेक बहाना गरी भाग्ने प्रयत्नमा सरकार रहेको ध्यानाकर्षण तथा जानकारी पत्रमा उल्लेख गरिएको छ।

शिक्षा विकास तथा समय इकाई सल्यानलाई नेपाल शिक्षक महासंघ जिल्ला समिति सल्यानका अध्यक्ष लक्ष्मीनारायण के.सी. र सचिव शिवलाल भट्टराइले संयुक्त रुपमा हस्ताक्षर गरेर बुझाएको ध्यानाकर्षण तथा जानकारी पत्र यस्तो छ ।


प्रकाशित मिति: १० फाल्गुन २०८१, शनिबार ०७:५०

प्रतिक्रिया दिनुहोस्