Logo

७ श्रावण २०८३, बिहीबार

सल्यानका ४ क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न : दुईमा क्रान्तिकारी र दुईमा सत्ता गठबन्धनका उम्मेदवार विजयी


खबर ग्यालरी


चैत ६, सल्यान ।
सल्यान जिल्लाको विभिन्न स्थानमा रहेका सात क्याम्पसमध्ये चार क्याम्पसमा भएको स्ववियु निर्वाचनमा दुईमा अखिल क्रान्तिकारी, एकमा नेबिसंघ र एकमा अनेरास्ववियुका विद्यार्थी अध्यक्षमा निर्वाचित भएका छन् । 

शिवजन बहुमुखी क्याम्पसमा नेविसंघका संजय हमाल, सल्यान बहुमुखी क्याम्पसमा अनेरास्ववियुका विशाल पुन, जनकल्याण क्याम्पस थारमारेमा अखिल क्रान्तिकारीका गणेश वली र फारुला क्याम्पस दार्मामा अखिल क्रान्तिकारीकि हिमा शर्मा अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

शिवजन क्याम्पसमा अध्यक्ष पदमा निर्वाचित संजय हमालले अखिल क्रान्तिकारीका रोशन खड्कीलाई सय बढी मतले पराजित गर्दै विजयी हुनुभयो । हमालले १ सय ९४ र प्रतिद्वन्द्व खड्कीले ८७ मत ल्याउनुभयो । सल्यान बहुमुखी क्याम्पस लुहापिङ्गमा अध्यक्ष पदमा निर्वाचित विशाल पुनले १ सय २० मत ल्याउनुभयो भने उहाँक प्रतिद्वन्द्वी शितल कवरले ३० मत ल्याउनुभयो ।
यस्तै जनकल्याण क्याम्पस थारमारेमा अध्यक्ष पदमा निर्वाचित गणेश वलीले १ सय ९६ र प्रतिद्वन्द्व फलेन्द्र पुरीले १ सय ७८ मत ल्याउनुभयो । दार्मा गाउँपालिकामा रहेको फारुला क्याम्पसमा भएको निर्वाचनमा अखिल क्रान्तिकारीकी विद्यार्थी हिमा शर्माले ६५ मत ल्याउनु भयो भने प्रतिद्वन्द्वी निकेश देवकोटाले ५१ मत ल्याउनुभयो ।

हिजो मंगलबार चार क्याम्पसमा भएको निर्वाचनमा १ हजार ७ सय ३ जना मतदाता रहेकामा जम्मा ९ सय ६२ मात्र मत खसेको थियो ।

सल्यान १० स्थानीय तहमा सात क्याम्पस रहेकामा यसअघि नै जिल्लाको बन्गाड क्याम्पसमा अखिल क्रान्तिकारीका जीवन विष्ट, कपुरकोट बहुमुखी क्याम्पसमा नेविसंघका झलक वली र शारदा क्याम्पस शंखमुलमा अनेरास्ववियुका विस्व खड्का अध्यक्षमा निर्विरोध निर्वाचित भैसक्नुभएको थियो ।


प्रकाशित मिति: ५ चैत्र २०८१, बुधबार ०६:४३

प्रतिक्रिया दिनुहोस्