Logo

७ श्रावण २०८३, बिहीबार

नेकपा एमाले सल्यानको जनजागरण सभा सम्पन्न


खबर ग्यालरी


चैत १८, सल्यान
नेकपा एमाले सल्यानले राजतन्त्रको भण्डाफोर र गणतन्त्रको पक्षमा जागरण सन्देश दिन जनजागरण विशाल जनसभा सम्पन्न गरेको छ ।

नेकपा एमाले जिल्ला कमिटी सल्यानको आयोजनामा सदरमुकाम खलंगा स्थित टुडिखेलमा आयोजना गरिएको सभामा सल्यानका दशवटै पालिकाबाट सयौँ पार्टी नेता, कार्यकर्ता तथा सर्वसाधारणहरुको उल्लेख्य सहभागीता रहेको थियो । प्रतिगामी तथा अराजक प्रवृत्तिका विरुद्ध नागरिकलाई सचेत गर्न जनप्रदर्शन, र्याली र जागरणसभा गरिएको नेकपा एमाले सल्यानका अध्यक्ष भिम बहादुर सेनले जानकारी दिनुभयो ।

जागरणसभालाई सम्बोधन गर्दै नेकपा एमाले कर्णाली प्रदेश कमिटी अध्यक्ष गुलाबजंग शाहले देशको लोकतान्त्रीक प्रणाीलाई भत्काउन खोज्नेहरुका विरुद्ध सबै जागरिक सचेत बन्नुपर्ने धारणा राख्नुभयो । अब कुनै पनि अवस्थामा निरंकुश शासन राजतन्त्र सम्भव नभएको भन्दै उहाँले एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिको पक्षमा काम गरेपछि त्यसलाई असफल गराउने प्रयत्न स्वरुप देशीविदेशी शक्ति लागिपरेको उल्लेख गर्नुभयो । यस्ता शक्तिहरूको विरुद्ध गणतन्त्रका पक्षधरहरूले सामूहिक रूपमा प्रतिवाद गर्नुपर्नेमा प्रदेश अध्यक्ष शाहले जोड दिनुभयो ।

यस्तै विशिष्ट अतिथी नेकपा एमाले सल्यानका अध्यक्ष भिम बहादुर सेनले राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शन सामन्ती प्रवृत्तिको रहेको भन्दै यस्ता आचरणलाई हटाएर जनतालाई गणतन्त्रको महत्व बुझाउनुपर्ने जोड दिनुभयो । संविधान र राष्ट्रिय स्वाभिमान अनी स्वतन्त्रताको रक्षा नेकपा एमालेको नेतृत्वमा मात्रै सम्भव भएको भन्दै उहाँले पार्टीलाई बलियो बनाउन सबै प्रतिबद्ध भएर लाग्नुपर्ने आवश्यकता औल्याउनुभयो । कार्यक्रमका सभाध्यक्ष जनपरिचालन कमिटीका संयोजक तथा एमाले सल्यानका उपाध्यक्ष ओज बहादुर बुढाथोकीले लोकतन्त्रका पक्षमा र पश्चगमनका दुष्प्रयासका विरुद्ध गोलबन्द हुन आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा एमाले प्रशेश कमिटी सदस्यहरुको तर्फबाट घनश्याम शर्मा, जनसंगठनका केन्द्रीय सदस्यहरुको तर्फबाट सनसिलता वली डिसी, पालिका कमिटीहरुको तर्फबाट महेश देवकोटा तथा दुर्गाराम रेग्मी लगाएतले मन्तव्य राख्नुभएको थियो । सो अवसरमा विभिन्न पार्टीबाट नेकपा एमालेमा प्रवेश गर्नेहरुलाई स्वागत गरिएको थियो ।

जिल्ला कमिटी उपसचिव गणेशमान सिंहको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन सचिव पुष्पा बोहराले गर्नुभएको थियो ।


प्रकाशित मिति: १७ चैत्र २०८१, सोमबार १७:५९

प्रतिक्रिया दिनुहोस्