Logo

७ श्रावण २०८३, बिहीबार

खोप सेवाको पहुँचमा छत्रेश्वरी गाउँपालिका जिल्लामै प्रथम


खबर ग्यालरी


जेठ २८, सल्यान सल्यानको छत्रेश्वरी गाउँपालिका खोपको सेवा पहुँचमा जिल्लामै पहिलो हुन सफल भएको छ । स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार नियमित खोप कार्यक्रम अन्तर्गत १५ महिनामुनिका बालबालिकामध्ये ९० प्रतिशतभन्दा बढीले सम्पूर्ण खोप प्राप्त गरेको प्रगतिका आधारमा छत्रेश्वरी पहिलो भएको हो । खोप कभरेजमा त्रिवेणी गाउँपालिका दोश्रो स्थानमा रहेको छ ।

कार्यक्रममा बोल्दै छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले जनप्रतिनिधीसंगै स्वास्थ्यकर्मीहरूको समर्पण, महिला स्वास्थ्य स्वयंसेविकाहरूको सक्रियता र समुदायको निरन्तर साथले गर्दा छत्रेश्वरी गाउँपालिकाले यो उपलब्धि हासिल गरेको बताउनुभयो ।

छत्रेश्वरी गाउँपालिकामालाई हिजो मंगलबार नै एक कार्यक्रमका विच पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । सातवटै वडामा गरेर जन्मेदेखि १५ महिनामुनिका ३३६ जना बालबालिकाले नियमित खोप पाइरहेको र १६ महिना देखि २३ महिनासम्मका ३३३ जना बालवालिकाले पूर्ण खोप पाएकाले खोप समन्वय समिति सल्यानले प्रमाणपत्र प्रदान गर्दै छत्रेश्वरीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेको हो ।


प्रकाशित मिति: २९ जेष्ठ २०८२, बुधबार ११:१९

प्रतिक्रिया दिनुहोस्