Logo

६ श्रावण २०८३, बुधबार

राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कारबाट सल्यानका भरतनाथ योगी पुरस्कृत


खबर ग्यालरी


असार ११,सल्यान ।
राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कारबाट सल्यानका किसान भरतनाथ योगी पुरस्कृत हुनुभएको छ ।

सल्यानको बागचौर नगरपालिका वडा नम्बर ८ मा व्यवसायिक सुन्तला खेती गर्दै आइरहनु भएका योगीलाई कृषि तथा पशुपंछी विकास मन्त्रालयद्धारा राष्ट्रपति भवन शितलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सुन्तला खेती तर्फबाट पुरस्कृत गर्नुभएको हो ।

नेपाल सरकार, कृषि तथा पशुपक्षी विकास मन्त्रालयद्वारा स्वीकृत ‘राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८१’ अनुसार पुरस्कृत योगीलाई जनही दुई लाख रुपैयाँ प्रदान गरिएको छ ।

तीन दशकअघिदेखि कृषि पेसामा संलग्न योगी पुरस्कार पाउँदा ठुलो हौसला मिलेको बताउनुहुन्छ । सम्भावनाको खोजी गर्ने क्रममा आफ्नो जन्मभूमिमा केही गर्न सकिन्छ कि भनेर २०५२ सालदेखि एक सय बोटबाट सुन्तला खेती सुरु गर्नुभएका योगीले हाल ९५० बोटको सुन्तला बगैंचा बनाउनुभएको छ ।


प्रकाशित मिति: ११ असार २०८२, बुधबार १६:१०

प्रतिक्रिया दिनुहोस्