Logo

६ जेष्ठ २०८१, आईतवार

भागीरथ चलाउनेको ‘झमझम झुम्काना’ युट्युबको १ नम्बर ट्रेडिङमा (भिडियो)


खबर ग्यालरी


असार २७, सल्यान  ।
तीज आउन करीब डेढ महिना बाँकी रहे पनि युट्युबको बजारमा अहिले तीजको रौनक सुरु भइसकेको छ । यस वर्षको तीज सुरु नहुँदै युट्युबमा तीज लक्षित गीतहरु आउन थालेका छन् । युवा सर्जक तथा गायक भागीरथ चलाउनेको नयाँ तीज गीत ‘झमझम झुम्काना’ छोटो समयमै युट्युबमा सबैभन्दा चर्चाको शिखरमा पुगेको छ ।

४ दिनअघि मात्रै सार्वजनिक ‘झमझम झम्काना’ बोलको तीज गीतले दर्शकको मन जितेको छ । यो गीतको भिडिओले युट्युब ट्रेडिङको अहिले पहिलो स्थान ओगट्न सफल भएको छ । गीत अहिले सामाजिक सञ्जाल टिकटकमा पनि निकै भाइरल छ । यसै गीतमा करीब एक लाख भन्दा बढि टिकटकमा भिडियो पनि बनाइसकेको गायक चलाउनेको दाबी छ ।

गीतलाई युट्युबमा अहिलेसम्म ६ लाख बढिले हेरिसकेका छन् । गीतमा भागीरथ चलाउने र सुनिता बुढा क्षेत्रीको स्वर रहेको छ भने बोमबहादुर गाहा मगरले शब्द सिर्जना गर्नुभएको छ । गीतको लय भने गायक चलाउनेकै रहेको छ ।

प्रकाश भट्टले निर्देशन गरेको गीतमा गायक चलाउने र चर्चित मोडल गीत ढुङ्गानाको अभिनय रहेको छ । म्युजिक भिडियोलाई राजेश घिमिरेले छायाँकन एवम् विष्णु शर्माले सम्पादन गर्नुभएको छ ।

गीत भागीरथ चलाउनेको व्युट्युब च्यानबाट सार्वजनिक भएको हो । गायक चलाउने र बुढाको योभन्दा अघि अघिल्लो वर्ष ‘थोपडाले धोका दियो बरिलै’ बोलको गीतले पनि चर्चा कमाएको थियो । उक्त गीत करिब ५० लाख दर्शकले हेरिसकेका छन् ।

हेर्नुहोस् भिडियो


प्रकाशित मिति: २७ असार २०७९, सोमबार २२:४२

प्रतिक्रिया दिनुहोस्