Logo

२५ बैशाख २०८१, मंगलवार

आहा सल्यान जयतपानीको स्याउ बगैंचा : (फोटाे फिचर)

सधैं कुहिरोले छोप्ने जयतपानीको सुन्दर बजार देखि माथी डाँडामा रहेको स्याउ बगैंचामा पुगेपछि स्वर्गकै अनुभुती हुन्छ, चिसो सिरेटो अनि कुहिरोभित्र हराउदा बेग्लै आनन्द आउछ ।


रमेश कुमार वली


सल्यान, २३ असार ।
तपाईंहरु विदाको दिन कतै घुम्न जाने सोचमा हुनुहुन्छ ? कि काम गरेर थकान महसुस गरेर शान्त ठाउँको खोजीमा हुनुहुन्छ ?

यदि त्यस्तो हो भने आउनुहोस् सल्यानको जयतपानी स्याउ बगैंचामा घुमेर आनन्द लिनुस , सल्यानको सदरमुकाम खलंगा देखि ८ किलोमिटर टाढा रहेको बनगाड कुपिण्डे नगरपालिका ९ जयतपानीमा यतिबेला स्याउ पाकेर डाँडै रातो भएको छ ।

सधैं कुहिरोले छोप्ने जयतपानीको सुन्दर बजार देखि माथी डाँडामा रहेको स्याउ बगैंचामा पुगेपछि स्वर्गकै अनुभुती हुन्छ, चिसो सिरेटो अनि कुहिरोभित्र हराउदा बेग्लै आनन्द आउछ ।

जयतपानीबाट जिल्लाका विभिन्न भूभागहरु देखिने भएकोले यहाँबाट टाढा टाढा सम्मका सुन्दर दृश्यहरु कैद गर्न सकिन्छ । यहाँ पारिवारिक घुमघाम, पिकिनिक जस्ता क्रियाहलापहरु गरेर पनि विदाको सदुपयोग गर्न सकिन्छ ।

अझ त्यसमा स्याउसंग रमाउदै टिकटक, भिडियो र फोटो खिच्ने वारीपारीका डाँडाकाडाहरुको अवलोकन गर्न सकिने ठाउँ जयतपानी हो । करिव ३७ रोपनीमा फैलिएको बगैंचामा प्रवेश गरेपछि मानिस भन्दा पनि साना बोटहरुमा लटरम्म फलेका स्याउहरु देख्दै खाउँ खाँउ लाग्ने गर्दछ । यस क्षेत्रमा हाइ चिलिङ्ग जातको स्याउ यतिबेला पाकिसकेको छ ।

यहीँ बगैंचा सल्यान लगायत छिमेकी जिल्लाहरुबाट समेत मानिसहरु अवलोकन गर्न विगतका वर्षहरुमा आउने गरेका थिए तर यो बर्ष भने अलि व्यवस्थित तरिकाले असार ३० गते शनिवार देखि प्रवेश गर्न पाउने व्यवस्था गरिएको छ । बगैंचा भित्र प्रवेशका लागि रु ५० को टिकट काट्ने व्यवस्था गरिएको बगैंचाका सञ्चालक शिशिर कुमार थापाले जानकारी दिनुभयो । बगैंचा भित्र मानिसहरु प्रवेश गरेपछि हुने विभिन्न क्रियाकलापहरुका कारण हुने समस्या व्यवस्थापन गर्न र प्रवेश सहज बनाउने उद्देश्यले टिकट प्रणाली लागु गरेको बगैंचा सञ्चालक थापाले जानकारी दिनुभयो ।

बगैंचामा प्रवेश गरेपछि स्याउसंग फोटो खिच्न रमाउन पाउने तथा आफुलाई आवश्यक पर्ने स्याउ समेत खरिद गर्न सक्ने अर्का बगैंचा सञ्चालक लोकेन्द्र वुढाथोकीले जानकारी दनुभयो ।

तस्विरमा हेर्नुहोस् सल्यानको बनगाड कुपिण्डे नगरपालिका ९ जयतपानीको स्याउ बगैंचामा देखिने दृश्यहरु :


प्रकाशित मिति: २३ असार २०८०, शनिबार १९:४९

प्रतिक्रिया दिनुहोस्