Logo

२५ बैशाख २०८१, मंगलवार

निशुल्क आँखा जाँच तथा उपचार शिविर सम्पन्न : ६०९ जना लाभान्वित


खबर ग्यालरी


चैत १९, सल्यान ।

सल्यानको बागचौर नगरपालिका वडा नं. १ सल्यानमा चैत ३,  १० र १७ गते सरस्वती शारदा आ.वि. ठिन्बाङ , त्रिवेणि आ.वि. बजरपाटा र महादेव आ.वि. चौखेमा भएको निशुल्क आँखा जाँच तथा उपचार शिविरबाट ६०९ जनाले सेवा लिएका छ्न् ।

आँखा जाँच तथा उपचार शिविरमा १४२ जनालाई नजिक देखिने चस्मा , २०२ जनालाई आवश्यक औषधि र १९ जनालाई रिफर गरिएको छ ।

बागचौर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष गंगाराम बस्नेतको अध्यक्षता तथा प्राथमिक आँखा तथा कान उपचार केन्द्र खरिबोटको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो ।

शिविरको समापन सत्रमा बोल्दै वडा अध्यक्ष गंगाराम बस्नेतले वडाबासीलाई स्थानीय सरकार जनताको नजिकको सरकार भएको अनुभुती दिलाउन आफू लागि परेको र यो शिविर यसैको एउटा रुप भएको बताउनुभयो ।


प्रकाशित मिति: १९ चैत्र २०८०, सोमबार ०७:३९

प्रतिक्रिया दिनुहोस्