Logo

२४ बैशाख २०८१, सोमबार

शारदा मेयर टि-२० क्रिकेट कपको फाइनलमा बागचाैर नगरपालिकाको रोमाञ्चक जित

बलिङ तर्फ बागचाैरका हेमराज बस्नेत, निर्मल डाँगी र राजन वलीले घातक बलिङ गरेपछि फाइनल म्याचको टर्निक पोइन्ट मोडियो र खेलमा बागचाैरले रोमाञ्चक जीत निकाल्न सफल भयो ।


खबर ग्यालरी


बैशाख ४, सल्यान ।
सल्यानमा सञ्चालन शारदा मेयर टि–२० कप क्रिकेट प्रतियोगिताको उपाधि बागचौर नगरपालिकाले जितेको छ । सोमबार खलंगास्थित लुहापिङ खेलमैदानमा भएको फाइनल खेलमा घरेलु टिम शारदा नगरपालिकालाई स्तब्ध पार्दै बागचौर नगरपालिका विजयी भएको  हो । उपाधि सँगै बागचौर नगरपालिकाले नगद एक लाख रुपैँया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै शारदा नगरपालिकाले भने उपविजेता रहदैँ नगद ५० हजार, ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।

टस जितेर ब्याटिङ रोजेको बागचौरले निर्धारित २० ओभरको खेलमा आफ्नो महत्वपूर्ण ८ विकेट गुमाएर ११८ रन जोड्न सक्यो । बागचौरका लागि हेमराज बस्नेतले २८ रन, किशोर वलीले २७ रन र मोहन डाँगीले १० रनको खेल्दा अतिरिक्तमा बागचौरलाई २४ रन मिल्यो । बागचौर टिमको कप्तानी बामदेव केसीले गर्नुभएको थियो । बागचौरलाई ११८ मा रोक्न शारदा नगरपालिकाका खेलाडी सविन डिसीले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिनुभयो ।

त्यस्तै सन्दीप जिवी, नविन नेपाली, आशिष सिंहले समान १/१ विकेट लिनुभयो । ११९ रनको लक्ष्य लिएर जवाफि मैदान प्रवेश गरेको शारदा नगरपालिका जीतको नजिकै पुगेको थियो । तर बलिङ तर्फ बागचाैरका हेमराज बस्नेत, निर्मल डाँगी र राजन वलीले घातक बलिङ गरेपछि फाइनल म्याचको टर्निक पोइन्ट मोडियो र खेलमा बागचाैरले रोमाञ्चक जीत निकाल्न सफल भयो । शारदा नगरपालिकाले १५ ओभर ४ बलमा आफ्नो सम्पूर्ण विकेट गुमाएर १०३ रनमा समेटियो । शारदाका लागि आश्विन सिंहले सर्वाधिक २१ रन बनाउनुभयो । त्यस्तै नवराज बुढाथोकीले १८ रन र आशिष सिंंहले १५ बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

अतिरिक्तमा शारदा नगरपालिकालाई २९ रन मिल्यो । शारदालाई १०३ रनमा रोक्न बागचौर नगरपालिकाका राजन वलीले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिनुभयो । त्यस्तै निर्मल डाँगीले ४ ओभरमा १ मेडन राखी १६ रन खर्चेर २ विकेट लिनुभयो भने हेमराज बस्नेतले ३.४ ओभरमा २५ रन खर्चेर २ विकेट लिनुभयो । फाइनल खेलमा बागचौर १५ रनमा विजयी भयो ।

यस खेलका प्लेयर अफ द फाइनल व्याटिङबाट २८ रन र बलिङबाट २ विकेट लिने बागचौरका हेमराज बस्नेत हुनुभयो । यस्तै प्रतियोगिताको बेष्ट ब्याट्समेन शारदाका आश्विन सिंह, बेष्ट बलर त्रिवेणीका टेकबहादुर डाँगी, इमरजिङ प्लेयर त्रिवेणीका सुमित भण्डारी, लिटल मास्टर छत्रेश्वरीका विमोचन थापा, वेष्ट फिल्डर बागचौरका हेमराज बस्नेत, वेष्ट विकेट किपर त्रिवेणीका मोहन खत्री र प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडी शारदाका सुरज बुढाथोकी बन्नुभयो ।

शारदा नगरपालिकाको आयोजना र नेपाल क्रिकेट संघ सल्यानको प्राविधिक सहयोगमा सञ्चालित प्रतियोगितामा सल्यानका ८ वटा स्थानिय तह सहभागि भएका थिए ।


प्रकाशित मिति: ४ बैशाख २०८१, मंगलवार ०६:५७

प्रतिक्रिया दिनुहोस्