Logo

६ जेष्ठ २०८१, आईतवार

सल्यानका किसानहरु कोदो रोप्ने सुरसारमा (भिडिओ)


बामदेव के‍‌‍‍‍‍‍‌‌‌‌.सी.


असार ३१, सल्यान ।

पहाडी जिल्ला सल्यानका केही ग्रामीण क्षेत्रमा किसानहरु अहिले कोदो रोप्ने सुरसारमा जुटेका छन् । सल्यानमा प्राय असार र साउन महिनामा कोदो रोप्ने गरिन्छ ।

प्राय चिसो ठाउँमा उत्पादन हुने कोदो कार्तिक र मंसिर महिनामा पाक्ने गर्दछ । कुनै समयको महत्वपूर्ण खाद्यान्न बाली कोदो अहिले शहरी क्षेत्रका लागि मात्र होइन ग्रामिण क्षेत्रका लागि समेत दुर्लभ जस्तै बन्दै गएको छ ।

अहिले कोदो फल्ने बारीहरु बाँझै देखिन्छन् । काम गर्ने जनशक्ति नहुनु, खेताला खोजेर काम लगाए पनि धानको जस्तो मूल्य कोदोले नपाउँदा अहिले कोदो खेती लोप हुँदै गएको र कोदो खेती हराउँदै जान थालेको कृषकहरुको भनाइ छ ।

हेर्नुहोस् सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नं ९ जयतपानि नजिकैको बारीमा कृषकहरुले कोदो खेती गर्दै गरेको भिडिओ :


प्रकाशित मिति: ३१ असार २०७९, शुक्रबार ०८:५५

प्रतिक्रिया दिनुहोस्